‘ए’ डिजिजन लिग फुटबल : साताँै चरणका खेल शनिबारदेखि

काठमाडौँ, २१ मङ्सिर (रासस) ः जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत साताँै चरणका खेल शनिबारदेखि हुँदैछन् । शनिबार एन्फा मैदान सातदोबाटोमा हुने सातौँ चरणको पहिलो खेल नेपाल पुलिस क्लबले हिमालयन शेर्पासँग खेल्नेछ । दोस्रो खेल न्यूरोड टिम एनआरटी र सङ्कटा क्लबबीच हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । हिमालयन शेर्पा छ खेलमा तीन जित एक बराबरी र दुई हार व्यहोरेर्दै १० अङ्कका साथ अङ्क तालिकाको छैटौँ स्थानमा छ भने पुलिस पनि सोही नतिजाका साथ तालिकाको पाँचौ स्थानमा छ । दोस्रो खेलमा प्रतियोगितामा एक खेल पनि नजितेको एनआरटीले प्रतियोगितामा राम्रो लयमा रहेको सङ्कटाविरुद्ध खेल्नेछ । सङ्कटाले अहिलेसम्म छ खेलमा पाँच खेलमा जित निकालेको थियो भने आर्मीसँग पाँच एकले पराजित हुँदै १५ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ । छैटौँ चरणका खेल सकिँदासम्म मनाङ मस्र्याङ्दी क्लबले शत प्रतिशत नतिजासहित उपाधि होडमा बलियो दाबेदारी प्रस्तुत गरिरहेको छ भने मनाङलाई थ्री स्टारले पछ्याइरहेको छ । गत असोज १३ गतेदेखि शुरु भएको लिगमा सहभागी १४ क्लबले छ÷छ खेल खेलिसकेका छन् । कूल ९१ मध्ये छैटौँ चरणसम्म आइपुग्दा ४२ खेल समाप्त भइसकेको छन् । उपाधि दाबेदार क्लब मनाङ मस्र्याङ्दीले अहिलेसम्म सबै छ खेल जितेको छ । मनाङसँगै अपराजित रहेको अर्को क्लब त्रिभुवन आर्मीले चार खेलमा जित र दुई बराबरी खेलेको छ । लिगमा यी दुई क्लबमात्र अहिलेसम्म अपराजित छन् । यस्तै एक खेल मात्र हारेका थ्री स्टार र सङ्कटा अङ्क तालिकामा आर्मीभन्दा अगाडि छन् । मनाङसँग आर्मी र थ्री स्टारलाई उपाधिको मुख्य दाबेदारको रुपमा हेरिएको छ । तर आर्मीले दुई खेल बराबरी खेलेपछि शीर्ष स्थानको मनाङभन्दा चार अङ्कले पछि परेको छ ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *