लोदी ग्यारीका समर्थकहरु तिवेटियन सरकारप्रति आक्रोशित


काठमाडौँ, २१ मंसिर । लोदी ग्यारीको मृत्युमा टिवेटियन सरकारले भावपूर्ण श्रद्धाञ्जली अर्पण नगर्दा उनका समर्थकहरु सरकारप्रति आक्रोशित भएका छन् । अक्टोबर २९ मा लोदी ग्यारीको मृत्यु भएको थियो । उनको मृत्युले उनका सर्मथकहरुलाई अत्यन्त सोकाकुल र भाव–विव्हल बनाएको थियो । उनले तिवेटियन संसदमा देश निकाला र कारवाहीको सम्बन्धमा तिवेटियन युवा काँग्रेसको सहसंस्थापकको हैसियतबाट कालो कासाङको हैसियतमा अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले पूर्णत अन्तरआत्माबाट नै धार्मिक नेता दलाइ लामाको (मध्य पथ) लाई, समर्थन गर्दै सन् २००२ बाट सन् २०१० सम्म चिनिया कम्युनिष्ट पार्टीका प्रतिनिधिहरुसँग आफ्नो प्रतिनिधित्व गरेका छन् । उनको योगदानको कदर गर्दै तिवटियन निति ऐन २००२ अमेरिकाको समर्थनमा पास भएको थियो । उनकै कारणबाट धर्म गुरु दलाई लामा अमेरिका कङ्ग्रेसनल स्वर्ण पदकबाट सन् २००७ मा सम्मानित भएका थिए । उनलाई सन् २००७ मा अमेरिकाका ४ जना पूर्व राष्ट्रपतिहरुले स्वागत गरेका थिए । उनले अमेरिकाबाट समर्थन प्राप्त गर्नका लागि आफ्नो जीवनको सम्पूर्ण समय खर्च गरेका थिए । तिवटियन जनताको फाइदाको लागि सन् २०१३ मा संयुक्त राज्य अमेरिकाको सिनेटबाट उनको योगदानको कदर गर्दै उनलाई सम्मानित गरिएको थियो । यो पनि धेरै समय भएको छैन कि, अमेरिकाको प्रतिनिधि सभाको प्रजातान्त्रिक पार्टी कि नेत्री न्यान्सि पेलोसीले लोदी ग्यारीको टिव्यटरले जनताको स्वतन्त्रताको लागि गर्नु भएको प्रयासको उच्च सम्मान गरेका थिए । भारतको धर्मशालाको सभाहलमा केन्द्रिय तिबेयटिन प्रशासनले ३० अक्टोबर २०१८ मा लोदी ग्यारीको मृत्युको शोकसभाको आयोजना गरेको थियो । टिविटियन युवा काँग्रेस गैर सरकारी संस्था भएता पनि केन्द्रिय तिवेटियन प्रशासनले लोदी ग्यारीको योगदानको कदर गर्दै धर्मशालामा विशाल शोक सभाको आयोजना गरेको थियो । अझ टिवेटियन युवा काँग्रेसले त सबै शाखाहरुमा उनको मोक्षको लागि प्रार्थनाको माग गरेको थियो । तर यो निश्चिय हो कि सिक्योङ्ग दोहोरो भूमिकाको व्यक्ति थिए र स्वीकृति प्रदान गरेन । टिब्यटमा सिक्योङ्ग सरकार सन् २०११ मा शक्तिमा आएको थियो । धर्म गुरु दलाइ लामाको वार्ता र सहमतिबाट तिवेटियन जनतालाई तिब्बतमा स्थापित गर्नुपर्छ भन्ने सिद्धान्तलाई स्थापित गर्नका लागि लोदी ग्यारीलाई धर्म गुरु दलाइ लामाले प्रतिनिधिको रुपमा चयन गरेका थिए । अमेरिकन कांग्रेस म्यानले पनि यसलाई समर्थन गरेका थिए तर यो क्रियाकलापबाट चिन्तित भएको सिक्योङ्ग लोप्साङ्गले लोदी ग्यारीलाई दलाई लामाको प्रतिनिधिबाट राजिनामा गर्न दवाव दिइरहेका थिए । अनन्तो गत्वा सन् २०१२ मा केन्द्रिय टिवेटियन प्रशासनले एउटा अत्यन्तै भ्रामक व्यक्तव्य प्रकाशित गरि सिक्योङ्ग लोप्साङ्गले लोदी ग्यारी र केल्साङ्ग भ्याल्जैङ्गले राजिनामा गरि राजिनामा स्वकृत गरेको कुरा प्रचार प्रसार
गरे । तिवेटमा लोप्साङ्ग साङ्गयको सरकार नितान्त एकतन्त्रिय, एक दलिय, अधिनायकवादी संस्थाको विजारोपणको एउटा चरण थियो । लोदी ग्यारीले आफ्नो सपना पुरा गर्न नपाउदै सुनसान रुपमा असमाहिक देह त्याग गरे । लोदी ग्यारीलाई जर्वजस्ती राजिनामा गराइएपछि उनले पछिल्लो समयमा अमेरिकाको जर्जटाउन विश्वविद्यालयबाट एसिया अभिमूखि कार्यक्रमको अनुसन्धान गरेका थिए र बुकिङ्ग इन्स्टिच्युटबाट विदेश नीति अध्ययन अनुसन्धान पनि गरेका थिए । एसिया, अमेरिका र युरोपका विभिन्न शैक्षिक संस्था तथा विश्वविद्यालयहरुबाट उनलाई भिजिटिङ प्रोफेसरको रुपमा निम्ता गरिन्थ्यो । उनले आफ्नो महत्वपूर्ण जीवनी लेखेर तिवेयटलाई केही दिएर केही छोडेर गएका छन् । उनलाई निति निर्माता कार्यबाट जर्वरजत राजिनामा गर्न बाध्य बनाइएपछि लोप्साङ्ग साङ्गे सरकार र तिवेटियन युथ काँग्रेसको बिचमा चिसोपन आएको थियो । उनले आफ्नो जीवनको सम्पूर्ण समय तिवेटियनहरुको प्रशासन मार्फत ७० वर्षको उमेरसम्म पनि निरन्तर लागि रहेका थिए । उनले तिवेटको स्वतन्त्रताको लागि गरेको योगदान, बलिदान र क्रियाकलाप स्मरणीय हुनेछ । तिवेटियनहरुले यो आशा राखेका छन् कि तिवेटियन सरकार प्रमुखले लोदी ग्यारीको मृत्युमा अत्यन्त विनम्रतापूर्वक क्षमा माग्दै समवेदना प्रकट गरोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *