विराट एक्स्पोमा बीस करोडको कारोवार हुने अनुमान

विराटनगर, २१ मङ्सिर (रासस) : मोरङ व्यापार सङ्घ विराटनगरले विराट ट्रेड एक्स्पो–२०१८ को लगभग तयारी पूरा भएको जनाएको छ । प्रदेश नं १ मा आर्थिक क्रियाकलाप बढाउने, उद्योग व्यापारको प्रवद्र्धन गर्ने, कला संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले विराटनगरको शङ्करपुरमार्ग विराट मेडिकल अस्पतालको नजिकै पुस ६ देखि १४ गतेसम्म लाग्ने सो मेलामा प्रत्यक्षरूपमा रु २० करोडको आर्थिक कारोवार हुने अपेक्षा गरिएको नेपाल उद्योग वाणिज्य महासङ्घ मेला समितिका सदस्य ललित सिङ्कडाले जानकारी दिनुभयो । मेलामा नेपाल भारत, पाकिस्तान र बङ्गलादेशका गरी २३९ स्टल रहने बताइको छ । दैनिक उपभोग्य सामग्री, मेसिनरी पार्टपुर्जा, गाडी, तयारी पोशाक, छालाका सामान, हस्तकलाका सामग्री, साडी, कृषि सामग्री, मोबाइल र टेलिफोन जस्ता सामानको स्टल रहने मेलामा करीब दुई लाख आगन्तुक प्रवेश गर्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *