भारतीय राष्ट्रपति र अस्टे«लियाली प्रधानमन्त्रीबीच भेटवार्ता

सिड्नी, ६ मङ्सिर (रासस÷एएनआई) ः अस्ट्रेलिया भ्रमणमा रहनुभएका भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग अष्टे«लियाली प्रधानमन्त्री स्कट मोरिसनले बिहीबार सिड्नीमा शिष्टाचार भेट गर्नुभएको छ । चारदिने भ्रमणका क्रममा बुधबार बिहान राष्ट्रपति कोविन्द अष्ट्रेलिया पुग्नु भएको थियो ।भारतीय राष्ट्रपति कोविन्द, उहाँका श्रीमती सवितालगायतलाई अस्ट्रेलियाका उच्चस्तरीय सरकारी अधिकारीले स्वागत गरेका थिए । अष्ट्रेलिया भ्रमणको आज दोस्रो दिन भारतीय राष्ट्रपति कोविन्दले वरिष्ट अष्ट्रेलियाली अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ । त्यसैगरी उहाँले अष्ट्रेलियामा रहेको महात्मा गान्धीको शालिकलाई गान्धीको १५०औँ जन्मजयन्तीको उपलक्षमा अनावरण गर्नुहुने कार्यक्रम रहेको छ । राष्ट्रपति कोविन्द यहाँ आयोजना हुने दुई देशीय व्यापारिक सम्मेलनमा सहभागी हुनुहुनेछ । यसअघि राष्ट्रपति कोविन्द भियतनामको चारदिने भ्रमणमा हुनुहुन्थ्यो । उहाँले भियतनामको राष्ट्रिय सभालाई सम्बोधन गर्नु साथै त्यहाँका राष्ट्रपतिसँग भेटवार्ता गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *