पाकिस्तानी प्रधानमन्त्री युएइ भ्रमणमा

इस्लामावाद, २ मङ्सिर (रासस/सिन्ह्वा) ः पाकिस्तानका प्रधानमन्त्री इमरान खान एक दिने भ्रमणका लागि आइतबार संयुक्त अरब इमरेट्स (युएइ) पुग्नु भएको छ । युएइका युवराज तथा सरकारी सेनाका उप सर्वोच्च कमाण्डर शेख मोहमद बिन जायद अल नायेडको निमन्त्रणामा उहाँ युएइ जानु भएको हो । प्रधानमन्त्री खानको भ्रमण टोलीमा विदेशमन्त्री, अर्थ मन्त्री, पेट्रोलियम मन्त्री, ऊर्जा मन्त्री र सल्लाहकारहरु पनि रहेका छन् । युवराजसँगको भेटवार्ताका क्रममा प्रधानमन्त्री खानले दुई पक्षीय, क्षेत्रीय र विश्वव्यापी मुद्दामा छलफल गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । पाकिस्तानी प्रधानमन्त्री खानले युएइका प्रधानमन्त्री शेख मोहमद बिन रशिद अल मख्तुमसँग पनि भेटवार्ता गर्नुहुने भएको छ । प्रधानमन्त्रीमा निर्वाचित भएपछि खानको यो दोस्रो युएइ भ्रमण हो । यसअघि उहाँले गत सेप्टेम्बर १९ मा युएइको भ्रमण गर्नुभएको थियो ।
––

Leave a Reply

Your email address will not be published. Required fields are marked *