करको चरम दुरुपयोग

जनताले तिरेको करमा सरकारले चरम दुरुपयोग गरेको छ । जनताले पालेको कुखुरा, सुगुर र बाख्रा समेतबाट उठाएको करमा नेताहरुले रजाई गरिरहेका छन् । यहि करबाट नेताहरु विलासि गाडीमा चडेका छन् भने विदेशमा गएर उपचार गरिरहेका छन् । त्यतीले नपुगेर अन्य सेवा सुविधाहरु पनि लिने गरेका छन् । नेताहरुले राज्यको ढुकुटीमा ब्रम्हलुट गरिरहेका छन् । जनताले खाई नखाई गरेर तिरेको कर देश विकासमा लगाउनुको सट्टा नेताहरुले आफ्नै सुविधाको लागि प्रयोग गरिरहेका छन् । नेताहरुको यस्तो हर्कतबाट जनता वाक्कदिक्क भएका छन् । सातौं राष्ट्रिय कर दिवस शनिबारबाट साताव्यापी रुपमा मनाउन सुरु गरिएको छ । ‘करः समृद्ध नेपाल, सुखी नेपालीको भर’ भन्ने मूल नाराका दिवस मनाउन लागिएको हो । प्रधानमन्त्री ओलीले हामीले तिर्ने कर हाम्रै सेवा र सुविधाका लागि हो भन्ने कुरामा अब द्विविधा मान्न नपर्ने बताएका छन् । राज्यले उपलब्ध गराउने सेवामार्फत संकलन गरिने कर नै राज्यकोषको प्रमुख आधार पनि भएकाले हरेक असल र कर्तव्यनिष्ठ नागरिकको सेवा लिएवापत कर तिर्नुपर्ने सोच हुनुपर्ने उनको जोड छ । जनताले तिरेको कर जनताको लागि सदुपयोग भएको भए जनतालाई कर तिर्न मन लाग्ने थियो । तर जनताले तिरेको कर सरकारले मनलाग्दी गर्न थालेपछि जनता कर तिर्न आनाकानी गर्न थालेका छन् । राष्ट्रपतिका लागि विलासी गाडी खरिद गर्न सरकारले १८ करोड निकासा गरेको छ । सरकारले सेनामार्फत् राष्ट्रपति विद्यादेवी भण्डारीलाई विलासी गाडीको सेट नै खरिद गर्ने भएको छ । औपचारिक कार्यक्रममा जाँदा चढ्ने, अनौपचारिक रुपमा उपयोग गर्ने, सुरक्षा अधिकारीले प्रयोग गर्नेसहित ८ गाडी किन्ने तयारी छ ।’०७४ असारमै गाडी खरिद प्रक्रिया अघि बढेको थियो । जुन देशका जनता ज्वोरो आउदा सिटामोल खान पाउदैनन्, झाडापखाला लाग्दा जीवनजल खान नपाएर अकालमै मर्न बाध्य छन् । त्यही देशका राष्ट्रपति प्रधानमन्त्री, मन्त्री र नेताहरु करोडौँ पर्ने विलासि गाडी चड्छन् । यो भन्दा दुःखको कुरा देश र जनताको लागि अरु के हुन सक्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *