नेविसङ्घको विवाद आइतबार टुङ्गो लाग्ने

काठमाडौँ, १ मङ्सिर । नेपाली काङ्ग्रेसको आइतबार बस्ने बैठकले नेपाल विद्यार्थी सङ्घकोे विवाद टुङ्गो लागाउने भएको छ । नेविसङ्घको केन्द्रीय कार्यसमितिको समयावधि आइतबार बेलुका सकिँदै गर्दा सानेपास्थित पार्टी कार्यालयमा शनिबार बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले विकल्पका रुपमा अर्को समिति निर्माण गर्ने वा अहिलेकै समितिलाई नै महाधिवेशनसम्म जाने गरी समय बढाएर जाने भन्नेबारे आइतबार टुङ्गो लगाउने निणर्य गरेको हो । “आइतबार २ बजे बस्ने बैठक अगाडि नेविसङ्घको महाधिवेशन सम्बन्धमा पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतको नेतृत्वमा गठित पार्टीले बनाएको निर्देशक समितिले विधानमा गरिनुपर्ने परिमार्जनलगायत अन्य विषयमा केही धारणा लिएर आउनेछ”, बैठकपछि पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले भने । शनिबार दिउँसो १ बजे बोलाइएको बैठक दिनभरि अनौपचारिक बसेर बेलुका मात्रै औपचारिकरुपमा शुरु भएको थियो । पार्टीका सभापति शेरबहादुर देउवा पार्टी कार्यालय पुग्दै गर्दा नेविसङ्घका नेताहरुले नाराबाजी गरेका थिए । बैठकमा भाग लिन आएका नेताहरूलाई लक्षित गर्दै नेविसंघले नाराबाजी गरेको हो । महामन्त्री कुन्दनराज काफ्ले समूहका केन्द्रीय सदस्य सुशील भट्ट र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेविसंघका पूर्व केन्द्रीय सदस्य दीपक भट्टराई समूहले नेविसंघको महाधिवेशनको सुनिश्चितताका लागि नाराबाजी गरेका हुन्। ‘नेविसंघका साथीहरूले नै आफ्नो संगठनको नेतृत्व महाधिवेशनबाट गर्न पाउनुपर्छ,’ केन्द्रीय सदस्य भट्टले भने, ‘टिके नेतृत्व चाहिन्न।’पार्टीले नेविसंघ तदर्थ समिति बनाउन लागेको भन्दै नेविसंघले विरोध जनाएको हो। नेविसंघको १२ औं महाधिवेशन पक्षधरले पार्टी नेतृत्वलाई विधिसम्मत महाधिवेशनको वातावरण बनाइदिन माग गर्दै नाराबाजी गरेको भट्टले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *