अफगानिस्तानः कारबाहीमा २० लडाकू मारिए

जलालावाद, ३० कात्तिक (रासस÷सिन्ह्वा) ः अफगानिस्तानको सरकारी सुरक्षा फौजले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा २० लडाकू मारिएका छन् । नानगार्हार प्रान्तमा भएको सुरक्षा कारबाहीमा इस्लामिक स्टेट (आईएस)का कम्तीमा २० लडाकू मारिएको प्रान्तीय सरकारद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । “राष्ट्रिय सुरक्षा टोलीले बिहीबार बेलुका सुरक्षा कारबाही चलाएको थियो, त्यही क्रममा कम्तीमा २० लडाकूहरु मारिएका हुन्,” विज्ञप्तिमा उल्लेख छ । सरकारी अधिकारीहरुले मारिएका मध्ये केही स्थानीय कमाण्डर समेत रहेका र उनीहरु आचिन जिल्लामा सक्रिय रहेको जनाएका छन् । लडाकूहरुले प्रयोग गर्ने सामग्री पनि सुरक्षाकर्मीले नष्ट गरिदिएको समाचारमा जनाइएको छ । सुरक्षाकर्मीले अन्य ठाउँहरुमा पनि सुरक्षा कारबाही अभियान संचालन गरिरहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *