सबै कम्युनिष्ट पार्टीहरूबीच कार्यगत एकता गरेर संघर्षमा उत्रन अध्यक्ष मोहन वैद्यको आह्वान

काठमाडौं, २७ कात्तिक । सबै कम्युनिष्ट पार्टीहरूबीच कार्यगत एकता गरेर संघर्षमा उत्रन नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य किरणले आह्वान गरेका छन् । गोपाल किरातीद्धारा नेतृत्व गरिएको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले काठमाडौंमा मंगलबार गरेको चियापान कार्यक्रममा बोल्दै अध्यक्ष वैद्यले सरकारविरूद्ध कार्यगत एकता गरेर भए पनि संघर्ष गर्नुपर्ने बताएका हुन् ।
अध्यक्ष किरणले वर्तमान सरकारले जनताको जनजीविकाका सवाललाई सम्बोधन गर्न नसक्ने भन्दै सबै कम्युनिष्ट पार्टीहरू मिलेर संघर्ष गर्नुपर्ने बताएका छन्। वर्तमान सरकार जनताका समस्यामा उदासिन बनेको भन्दै अध्यक्ष वैद्यले सबै क्रान्तिकारी एक ठाउँमा आउन आह्वान गरेका छन् । सरकारमा गएका नेताहरू सत्ताको मातमा हिजोका श्री ५ जस्ता देखिन थालेकोले जनताका जनजीविकाको सवाल आन्दोलनमार्फत् उठाउन सबै एक ठाउँमा आउनुपर्ने बताए । महासचिव वैद्यले नाम मात्रको दुई तिहाइको कम्युनिष्ट सरकारले जनतालाई विकास र समृद्धिको सपना देखाएको जनताको ढाड सेकाएको बताए ।उनले यस्तो किसिमको जनविरोधी सरकारलाई विस्थापन गरेर जनपक्षिय सरकार ल्याउन सच्चा क्रान्तिकारीहरु एक भएको जनताले हेर्न चाहेको बताउँदै आफूहरुले विप्लव नेकपा र गोपाल किरातीहरुसंग घनिभुत छलफल चलाइरहेको पनि बताए । वैद्य‘किरण’ले वर्तमान ओली–दाहालहरुको अपवित्र घेरा तोड्न सबै सक्कली कम्युनिष्टहरुबीचको एकता आवाश्यक भएको बताएका छन् । यस्तै, चियापान कार्यक्रममा बोल्दै नेकपा मालेका महासचिव सिपि मैनालीले सरकारको सत्ता नै दक्षिण छिमेकीको टेकोमा अडेको भन्दै यसको देशभक्ति र चरित्रमा शंका उत्पन्न भएको बताए। लिपुलेकबारे सरकारले बोल्न नसक्दा उसको देशभक्तिमा शंका उठ्न थालेको उनको आरोप छ। ’सरकार बाहिर रहँदा लिपुलेक नेपालको हो भन्दै जनमत बटुल्ने, सरकारमा गएपछि दक्षिण छिमेकी रिसाउला भनेर चुप बसेको हो कि?’ उनले भने । मैनालीले आफू राष्ट्रवादी भन्ने केपी ओलीले देश र जनताका निम्ति राम्रो काम गर्ने प्रशस्त मौका हुँदा पनि गफ भन्दा केही गर्न नसकेकोले जनता हाँस्न थालिसकेको बताए ।त्यस्तै उनले चीन सरकारले लिपुलेकको बारेमा आवाज उठाउ, हामी नेपालको पक्षमै निर्णय गर्छु भन्दा पनि दक्षिणको छिमेकी रिसाउँछ भनेर चुँ पनि नगरेको आरोप समेत लगाए ।
त्यसैगरी कार्यक्रम आयोजक पार्टीका अध्यक्ष गोपाल किरातिले पनि छिटो भन्दा छिटो अफूहरु एकता हुन चाहेको र विप्लवलाई पनि आफू भन्दा ठूलो नेता मानेको पनि बताए । नायक तथा निर्माता नवल खड्काले आफूले निरन्तर राष्ट्रवादी चलचित्रहरु निर्माण गर्दै आएको र अव छिट्टै ‘काँडेतार’ नामक चलचित्र बनाउन लगेको बताए ।नेकपा माओवादी केन्द्रका महासचिब कर्ण्जित बुढाथोकीले कार्यक्रमको संचालन गरेका थिए । चियापान कार्यक्रममा तत्कालीन माओवादी केन्द्रमा रहेका र माओवादी केन्द्र र नेकपा एमाले एकताबाट असन्तुष्ट नेता कार्यकर्ताहरू सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *