“विपक्षी शान्त तरिकाले बस्दा पनि सरकार हल न चलको अवस्थामा पुगेको छ”

काठमाडौँ, २७ कात्तिक । “विपक्षी शान्त र भलाद्मी तरिकाले बस्दा पनि सरकार हल न चलको अवस्थामा पुगेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । नेपाल प्रेस युनियन चितवनले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संसदमा विपक्षी दलको नेताको भूमिका पार्टी सभापति शेरबहादुर देउवाले निर्वाह गर्न नसकेको आरोप समेत लगाएका छन् । पार्टी सभापतिले जुन किसिमको विचार संसद्मा दिनुपथ्र्यो त्यो नभएको उनले दावी गरे । वरिष्ठ नेता पौडेलले भने, “विचारले आक्रामकरुपमा प्रस्तुत हुनुपथ्र्यो तर त्यस्तो भएन ।” आफूलाई पदको भन्दा पनि पार्टीप्रति बढी चिन्ता भएको उनले बताए । वरिष्ठ नेता पौडेलले भने, “पार्टी निर्वाचनमा के कारणले हा¥यो, अब यसलाई कसरी उठाएर लैजाने, पार्टीलाई सुधार्नेतिर मेरो चिन्ता छ, पदमा को बस्ने भन्ने चिन्ता छैन ।”
त्यसैगरी नेता पौडेलले नेतृ सुजाता कोइरालाको निवासमा खाना खाँदैमा देउवा पक्षलाई नआत्तिन आग्रह गरेका छन् । ‘खाना खान बोलाएर खान जाँदैमा केही आत्तिनु पर्दैन,’ नेता पौडेलले देउवा पक्षप्रति संकेत गर्दै भने, ‘सामान्य ‘हाई हेल्लो’ मात्र भएको जनाए । उनले आफूहरुले पार्टीमा कुनै गुटबन्दी नगरेको पनि बताए । वरिष्ठ नेता पौडेलले उपसभापति पदमा विजयकुमार गच्छदारलाई ल्याउने विषयमा खासै विवाद नभएको जनाए । प्रक्रिया पु¥याएर ल्याउन नसक्नु सभापतिको कमजोरी रहेको उनको भनाइ थियो । वरिष्ठ नेता पौडेलले भने, “गच्छदारलाई ल्याउने कुरामा पहिलादेखि नै सहमति थियो तर प्रक्रिया मिलाएर गरौँ भन्ने हो ।” अर्को एक प्रसङ्गमा उहाँले केन्द्रीय समितिमा सदस्य बढाउनुपर्ने भन्दै सदस्य बढेमा पदाधिकारी स्वतः बढ्छ भने । आउँदो महाधिवेशनमा पार्टीको नेतृत्वमा जाने विषयमा आफूले केही नसोचेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *