पिस पोस्टर कन्टेस्ट सम्पन्न

काठमाडौँ, २८ कात्तिक । द इन्टरनेशनल एशोसियसन अफ लायन्स क्लब को डिस्ट्रिक ३२५ ए२, नेपालले पिस पोस्टर कन्टेस्ट प्रोग्राम मंगलबार सम्पन्न गरेको छ । धुम्बराई स्थित दूर्गा भवानी एकेडेमीमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा देशै भरीका १३ वर्ष मुनिका बालबालिकाले भाग लिएका थिए । पिस पोस्टर प्रतियोगितामा रविन्द्र शाही प्रथम भएका थिए भने नोर्बु लामा दोस्रो भएका थिए । त्यसैगरी रोशन गुरुङ तेस्रो भएका थिए भने सान्तोना पुरस्कार संसार सुनुवार र अनुस्का खड्का ले पाएका थिए । पुरस्कृत हुने हरुलाई कार्यक्रमका प्रमुख अतिथि ३२५ ए२ का डिस्ट्रिक गर्भनर सुर्दशनधर प्रधानाङ्गाले वितरण गरेका थिए । कार्यक्रमको प्रमुख अतिथिमा ३२५ ए२ का डिस्ट्रिक गर्भनर सुर्दशनधर प्रधानाङ्गा रहेका थिए भने अतिथिमा प्रथम भ्वाईस डिस्ट्रिक गर्भनर शोभा जोशी लगायत रहेका थिए । कार्यक्रम दामोदर घिमिरेको सभापतित्वमा भएको थियो । उक्त कार्यक्रम लायन्स क्लब अफ काठमाडौँ इम्पेरेयल, लायन्स क्लब अफ काठमाडौँ कोहिनुर, लायन्स क्लब अफ काठमाडौँ रेयस्, लायन्स क्लब अफ भक्तपुर दरवार इस्क्वायर लगायत ४४ वटा क्लबको सहभागीतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *