गिरीका दुई कृति लोकार्पण

काठमाडौँ, १० कार्तिक ९रासस० ः आज यहाँ आयोजित पुस्तक लोकार्पण कार्यक्रममा साहित्यकार सरस्वती गिरीको दुई कृति लोकार्पण भएका हुन् । साहित्यकार गिरीको तेस्रो र चौथो कृति ‘नोटबन्दी’ र ‘प्रेरणा स्रोत ः भद्रकुमारी घले’ लोकार्पण भएका हुन् । गिरीका यसअघि उमेरको इन्द्रणी ९२०७४० र श्रीजङ्ग शाहको जीवन यात्रा ९२०७५० प्रकाशित छन् । आफूभित्र इच्छाशक्ति भएमा जस्तोसुकै काम पनि सम्भव हुने साहित्यकार वसन्तकुमार शर्माले बताउनुभयो । “लेखिका स्वयम्मा सबैका लागि प्रेरणाको स्रोत हुुनुहुन्छ”, शर्माले भन्नुभयो । सपना बलियो र सपनामा आत्मपन भएमा जस्तोसुकै कठिनाइ पनि सम्भव हुने पूर्वमन्त्री तथा समाजसेवी भद्रकुमारी घले बताउनुहुन्छ । सोही क्रममा नाट्यकर्मी अशेष मल्लले साहित्य र नाटकप्रति गिरीको रुचि र लगाबको प्रशंसा गर्नुहुँदै जान्दिन भनेर जान्न खोजे मात्र नयाँ कुरा सिकिने बताउनुभयो । आफ्नो सानैदेखिको लेख्ने र चलचित्र खेल्ने रुचिका कारण अहिले त्यस चाहनालाई पूरा गरेको लेखिका सरस्वती गिरीले बताउनुभयो ।
कला प्रदर्शनी शुरु
चित्रकार तथा मूर्तिकार प्रमिला गिरीको ‘माइ रूट्स’ नामक कला प्रदर्शनी आजबाट नेपाल कला परिषद्मा शुरु भएको छ । गिरीको कलाले नेपाली कलासँगै विश्वलाई जोडेको वाङ्मय शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीले बताउनुभयो । “उहाँको चित्र र मूर्तिले बौद्ध धर्म र हिन्दू धर्मको समिश्रण हो”, उहाँले भन्नुभयो । सो अवसरमा नेपाली काङ्ग्रेसका नेता प्रदीप गिरीले चित्रकला रङ्गको खेल रहेको भन्दै प्रमिलाको कलाबाट जीवन्तता झल्किएको बताउनुभयो । गिरीको कला प्रदर्शनी आजबाट मङ्सिर १ गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा भैरवको चित्र तथा मूर्तिलाई प्रमुख प्राथमिकतामा राखिएको छ । प्रदर्शनीमा गिरीका ३५ चित्रहरु राखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *