मातृभूमिमा लगानी गर्ने प्रतिबद्धता

काठमाडौँ, २९ असोज (रासस) ः गैरआवासीय नेपाली सङ्गठनले मातृभूमि नेपालको आर्थिक समृद्धि एवं विकासका निम्ति थप लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । यहाँ आइतबार सम्पन्न गैरआवासीय नेपालीविज्ञको विश्व सम्मेलनबारे जानकारी दिने उद्देश्यले सम्मेलन आयोजक समितिले आज यहाँ पत्रकार सम्मेलन गरेर ज्ञान, सीप र प्रविधिमा अधिक लगानी गरी नेपालको समृद्धिमा सघाउने प्रतिबद्धता व्यक्त गरेको हो । समितिका पदाधिकारीले दुई अङ्कको आर्थिक वृद्धिदर हासिल गर्नका लागि लगानीमैत्री नीति र वातावरण तयार गर्न सरकारलाई आह्वान गर्दै जलस्रोत, पर्यटन र कृषि क्षेत्रमा लगानी बढाउन सकिने बताए । समृद्ध नेपाल सुखी नेपाली बनाउने वर्तमान सरकारको सपना साकार पार्न सङ्घले सक्दो सहयोग गर्ने बताउँदै नेपालको विकासको अबको कार्यसूची आर्थिक समृद्धि नै हुनुपर्नेमा जोड दिइएको छ ।

यसमा तपाइको मत