विप्लव माओवादीद्वारा जनप्रतिनिधिहरुलाई राजीनामा दिन आग्रह, मदिरा बिक्री वितरण रोक्ने निर्णय

काठमाडौं, २३ जेठ । नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गर्दै आएको नेपाल कम्युनिस्ट पार्टीले जनप्रतिनिधिहरुलाई राजीनामा दिन आग्रह गरेको छ । हिजो जिल्ला जनपरिषद्् दाङले जनप्रतिनिधिहरु ४ वटा गाउँपालिकाका प्रमुख उप्रमुखलाई वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न नेपाली जनताको महाअभियानमा ऐक्यबद्धता जारी गर्न राजीनामा पत्र बुझाएर गम्भीर बन्न आग्रह गरेको हो । राजीनामा दिनका लागि दंगीशरण गाउँपालिका, बबई गाउँपालिका, शान्तिनगर गाउँपालिका र लमही नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरुलाई राजीनामा दिनका लागि अनुरोध गरिएको छ । दाङका ४ वटा गाउँपालिका अन्तर्गत दंगीशरण गाउँपालिका, बबई गाउँपालिका, शान्तिनगर गाउँपालिका र लमही नगरपालिकाका प्रमुख उप्रमुखलाई राजीनामा पत्र बुझाउँदै आफ्नो पदबाट राजीनामा दिई वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न नेपाली जनताको महाअभियानमा ऐक्यबद्धता जनाई जनसरोकारका विषयमा गम्भीर बन्न आग्रह गरेको छ । थारुवान स्वायत्त प्रदेशअन्तर्गत जिल्ला जनपरिषद् दाङका कार्यालय सचिव भगवान भौधरीद्वारा हस्ताक्षरित राजीनामा दिनेबारे पत्रमा विभिन्न शीर्षक उपशीर्षक खडा गरी चर्को कर असुल गर्ने सय रुपैयाँसम्मको पुरानो करलाई हजारदेखि १० हजारसम्म पु¥याएर नेपाली जनताको ढाड सेक्ने काम भइरहेको आरोप लगाइएको छ । विकास निर्माणलगायत समितिहरुमा आफ्नै श्रीमान्÷श्रीमतीलगायत नजिकका नातागोतालाई समितिको प्रमुख बनाउने कामले जनप्रतिनिधि भनिएकाहरुको नियत कस्तो छ ? भन्ने कुरा दिनको घाम जतिकै छर्लंग भएकाले यस्तो भ्रष्टाचारजन्य काम नगर्न पनि पत्रमा चेतावनी दिइएको छ ।
त्यस्तै, पत्रमा विभिन्न समितिमार्फत कर्मचारीसँग मिलेमतो गरी चर्को कमिसन असुल गर्ने काम कम निन्दनीय भएको पनि उल्लेख गरिएको छ । यी सबै तथ्यले के कुरा स्पष्ट हुन्छ भने चुनाव जित्नलाई बगाएको पैसाको खोलो आफूतिर फर्काउने र खर्च गरिएको रकम राज्य कोषबाट असुल उपर गर्ने गरी अपनाइएको संस्थागत र योजनागत भ्रष्टाचार भएको पनि पत्रमा आरोप लगाइएको छ । यो काम व्यक्तिगत आकांक्षा मात्र नभएर दलाल संसदीय व्यवस्थाले सिकाएको आफ्नो नीतिगत कुराजस्तै भएको पनि बताइएको छ । संसदीय व्यवस्था भनेकै दलाल पुँजीपतिहरुको संरक्षण गर्ने र श्रमजीवीहरुको श्रमको मूल्य शोषण गर्ने र शासकहरु मेटाउने व्यवस्था भएको पत्रमा उल्लेख छ । अतः यस्तो व्यवस्थाले प्रतिनिधि भई जनतामाथि शासन गर्ने शासक बनी जनताबाटै दण्डित हुनुभन्दा बरु अहिले नै आफ्नो पदबाट राजीनामा दिइ वैज्ञानिक समाजवादी व्यवस्था निर्मााण गर्न नेपाली जनताको महाअभियानमा ऐक्यबद्धता जनाई जनसरोकारका विषया गम्भीर बन्न शालिनतापूर्वक पत्रबाट आग्रह गरिएको छ । जनप्रतिनिधिकै नाममा जनतालाई नै सास्ती दिने काम जनतालाई कुनै पनि हालतले स्वीकार्य नहुने भन्दै समयमै जनताको पक्षमा निर्णय गरी जनविरोधी सावित नहुन सचेत पनि गराइएको छ ।
त्यस्तै, उता, अछाममा नेकपाले मदिरजन्य पदार्थको बिक्री वितरण गर्न रोक लगाउने निर्णय गरेको छ । जिल्ला जनपरिषद्् अछामको १९ जेठको बैठकले मदिराको जथाभावी बिक्रीले सामाजिक असुरक्षा बढेको, महिला हिंसाजन्य क्रियाकलापलाई प्रोत्साहन गरेको, व्यक्तिगतको स्वास्थ्यमा गम्भीर असर परेको, गरिबी बढेकाले रोक लगाउने निर्णय गरेको जनपरिषद्ले जनाएको छ । जनपरिषद् प्रमुख निरक शाहीले सोमबार विज्ञप्ति जारी गर्दै १५ दिनभित्र अहिले भइरहेको मदिरा बिक्री वितरणलाई व्यस्थित गर्न समय दिइएको बताएका छन् । जिल्लामा कुनै पनि मदिराजन्य पदार्थको बिक्री वितरणमाथि रोक लगाउने निर्णय गरिएकाले यसपछि मदिरा बिक्रीवितरण बन्द गर्न पनि भनिएको छ । यस निर्णयलाई कायान्वयन गर्नको लागि जिल्लास्थित राजनीतिक दल, पत्रकार, नागरिक समाज, सुरक्षा निकाय, उद्योगी व्यवसायीलगायत जिल्लाबासीलाई जनसमुदाहरुलाई हार्दिक अपिल गरिएको छ । निर्णयलाई कार्यान्वयन गर्न पूर्व १५ दिनभित्र बिक्री वितरण गरिरहेका व्यापारी व्यवसायीहरुलाई आफूसँग भएको मदिरा व्यवस्थि तगर्न र गराउनु अनुरोध पनि गरिएका छ ।

No Comment for “विप्लव माओवादीद्वारा जनप्रतिनिधिहरुलाई राजीनामा दिन आग्रह, मदिरा बिक्री वितरण रोक्ने निर्णय”

  1. Your comment is awaiting for moderation. Thanks for being with us.

    Cialis 10mg Posologie cheap cialis online Canada Rx 24 Bestellung Viagra Viagra Und Cialis Generika

यसमा तपाइको मत