भोलिदेखि महिला तथा पुरुष राष्ट्रिय भलिबल हुने

काठमाडौं, १० पुस । भोलिदेखि महिला तथा पुरुष राष्ट्रिय भलिबल हुने भएको छ । राखेप च्याम्पियनसिप २०७४ अन्तर्गत पोखरामा हुने २१औँ महिला तथा ३१औँ पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता भोलिदेखि हुने भएको छ । नेपाल भलिबल संघको आयोजना, राष्ट्रिय खेलकुद परिषद्को संयोजन तथा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघको व्यवस्थापनमा पुस १५ गतेसम्म पोखरा रंगशालास्थित पश्चिमाञ्चल क्षेत्रीय भलिबल ट्रेनिङ सेन्टरमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूूरा भएको हिजो पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । प्रतियोगितामा तीन बिभागीय र ५ बिकास क्षेत्रका गरी ८ पुुरुष र ८ महिला टिमले प्रतिष्पर्धा गर्ने प्रतियोगिता संयोजक राजकुमार गुुरुङले जानकारी दिए । उनका अनुसार महिला तथा पुरुष दुुवैतर्फ नेपाली सेनाको त्रिभुूवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब, नेपाल पुुलिस क्लब, पश्चिमाञ्चल विकास क्षेत्र, मध्य पश्चिमाञ्चल विकास क्षेत्र, सुुदूूर पश्चिमाञ्चल विकास क्षेत्र, मध्यामाञ्चल विकास क्षेत्र र पूर्वाञ्चल विकास क्षेत्रले सहभागिता जनाउनेछन् । प्रतियोगितामा महिलातर्फ समूह क मा एपीएफ क्लब, पूर्वाञ्चल, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब तथा समूह ख मा मध्यमाञ्चल, मध्य पश्चिमाञ्चल, सुदूर पश्चिमाञ्चल र पश्चिमाञ्चल रहेका छन् । यसैगरी पुरुषतर्फ समूह क मा त्रिभुवन आर्मी क्लब, पूर्वाञ्चल, मध्यमाञ्चल र पश्चिमाञ्चल परेका छन् भने समूह ख मा एपिएफ क्लब, सुदूर पश्चिमाञ्चल, मध्य पश्चिमाञ्चल र नेपाल पुलिस क्लब परेका छन् । महिला र पुरुषतर्फ समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।प्रतियोगिता लिगकम नकाउटको आधारमा खेलाइनेछ । प्रतियोगिताको पहिलो खेल पुस ११ गते विहान ८ बजे महिलातर्फ एपीएफ क्लबविरुद्ध पूर्वाञ्चलबीच हुनेछ । पुरुषतर्फको पहिलो खेल त्रिभुवन आर्मी र पूर्वाञ्चलबीच हुनेछ । प्रतियोगिताबाट राष्ट्रिय टिमका लागि खेलाडीसमेत छनोट गरिने खेलाडी छनोट समितिका संयोजक तथा नेपाल भलिवल संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष यामबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार महिला तथा पुरुष दुवैतर्फ २५÷२५ जना छनोट गरिनेछ । उनीहरुलाई क्लोज क्याम्पमा राखेर पछि १२÷१२ जना छनोट गरेर राष्ट्रिय टिम घोषणा गरिने गुरुङले बताए । प्रतियोगिताको महिला तथा पुरुष दुबैतर्फको बिजेताले ५० हजार, उपबिजेताले ३० हजार र तृतीय हुनेले २० हजार पुरस्कार पाउनेछन् ।

यसमा तपाइको मत