काठमाडौँ,१ फागुन । पोखरा रंगशालामा भएको आहा! रारा गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लबसँग चर्च ब्वाइज युनाइटेड १–० ले पराजित भएको छ । जितसँगै पुलिस क्लब ११ औं पटक आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडलाई बुधवार १–० ले पराजित गर्दै पुलिस २४ औं संस्करणको उपाधि नजिक पुगेको हो ।
पुलिस ५ वर्षपछि फाइनल पुगेको छ । पछिल्लो पटक पुलिस २०७६ मा फाइनल खेलको थियो । पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा चर्च ब्वाईजलाई १–० गोल अन्तरले हराउँदै पुलिस क्लव उपाधि नजिक पुगेको हो ।
सन्जिव लामाले गरेको दर्शनीय गोल पुलिसलाई जारी प्रतियोगिता तेस्रो जित निकाल्न पर्याप्त रह्यो । ५८ औं मिनेटमा पेनाल्टी बक्सको बाहिरबाट सन्जिवको प्रहारलाई चर्च ब्वाइजका गोलकिपर टिकेन्द्र थापाले ठम्याउन सकेनन् ।
आहा राराको २ सय ५० औं खेललाई सन्जिवले यादगार बनाएका छन् । ६९ औं मिनेटमा चर्च ब्वाईजका नविन लामाको प्रहार पुलिसका डिफेन्डरले क्लियर गरेको बललाई कप्तान सर्जि डिकाको शसक्त प्रहार गोलकिपत शत्रुधन चौधरीले उत्कृष्ट बचाउ गर्दै सम्भावित बराबरी लाई टारेका थिए ।
पुलिस आहा राराको सर्वाधिक उपाधि जित्ने टोली मध्ये एक हो । पुलिस र मनाङ मस्र्याङ्दी क्लबले समान ६ पटक पोखरा उपाधि जितेको छ । पुलिस पछि मनाङ सर्वाधिक १० पटक फाइनल खेल्ने टोली हो । पुलिसले थ्री स्टार क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबिचको विजेतासँग शनिवार फाइनल खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्