नेपाल स्वयंसेवी रक्तदाता समाजको माग साकार

 

काठमाडौं, २२ पुस । नेपाल स्वयंसेवी रक्तदाता समाजका राष्ट्रिय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले भाद्र ११ गते सुदुरपश्चिम सरकारका मुख्यमन्त्रीलाई रगत र रगतबाट तयार पारिएका रक्त(तत्वहरू पीडित(बिरामी)हरूलाई निस्शुल्क बितरणको लागि गर्नुभएको माग साकार भएको छ ।

रगत र रक्त–तत्वहरूलाई सुदुरपश्चिम सरकारले आफ्ना नागरिकहरूलाई नि–शुल्क बितरणको व्यवस्था गरेर स्वागत योग्य निर्णय गरेको छ । देशभित्र रहेको सात प्रदेश मध्ये चार प्रदेश बागमती, गण्डकी,लुम्बिनी र सुदूरपश्चिम सरकारले हाम्रो मागलाई सम्बोधन गरेर स्वयंसेवी रक्तदाताहरूको रगतलाई उच्च सम्मान गरि धन्यबादका पात्र बन्न सफल हुनु भएको छ भने बाँकी प्रदेश सरकारको चेत कहिले खुल्ने होला ? यो जिज्ञासाको बिषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्