महाधिवेशनबाट पार्टीभित्रको आन्तरिक विवाद हल गर्न सुझाव

 

काठमाडौँैं,२२ पुस । नेकपा माओवादी केन्द्र पार्टीभित्रको आन्तरिक विवाद केन्द्रीय समितिबाट नभई महाधिवेशनबाट हल गर्न प्रदेश अध्यक्षहरुले सुझाव दिएका छन । राजधानीमा आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा प्रदेश अध्यक्षहरुले तत्काल विशेष महाधिवेशन बोलाउन दबाब दिएका छन् ।

बैठकमा आफ्नो रिपोर्टिङ प्रस्तुत गर्दै प्रदेश अध्यक्षहरुले तत्काल विशेष महाधिवेशन बोलाउनुपर्ने तत्लो तहबाट सुझाव आएको भन्दै नेतृत्वलाई दबाब दिएका हुन् ।

राजधानीमा जारी बैठकको पहिलो दिन ७ वटा भूगोल, उपत्यका विशेष र सम्पर्क प्रदेशको रिपोर्टिङ सकिएको छ भने प्रवास प्रदेशको जारी रहेको माओवादी लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले जानकारी दिए । प्रदेशको रिपोर्टिङ सकिएपछि अध्यक्ष प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ ।

यस्तै,नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङ पनि सहभागी भएका छन् । राजनीतिमा सक्रिय हुन खोजिरहेका उनी पार्टीको राजधानीमा आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा सहभागी भएका हुन् ।

उनी प्रचण्डसहितका नेताहरु सँगै बैठकमा ड्यासमा देखिएका छन् । उपराष्ट्रपतिको कार्यकाल सकिएपछि उनी यसअघि पनि स्थायी कमिटी र पदाधिकारी बैठकहरुमा जाने गरेका थिए । उनलाई केन्द्रीय समिति बैठकबाट भूमिका दिन लागिएको नेताहरुको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्