सबै दलसँगको समझदारीमा संविधान संशोधन गर्नुपर्ने

चितवन, २३ मंसिर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सबै राजनीतिक दलसँगको समझदारीमा संविधान संशोधन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले वर्तमान सरकार गठनका बेला भएको सहमतिअनुसार संविधान संशोधन हुनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपाली कांग्रेस र नेकपा (एमाले)ले मात्रै संविधान संशोधन गरेर हुँदैन ।” फरक प्रसङ्गमा उहाँले वर्तमान सरकार परिवर्तन नहुने बताउनुभयो ।
सुशासन कायम गर्न सबैको सक्रिय सहयोग अपरिहार्य भएकामा नेता कोइरालाले जोड दिनुभयो । बिआरआईअन्तर्गत चीन र नेपालबीचको सम्झौता ऋण नभई अनुदान हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्