कीर्तिपुरमा माओवादी केन्द्र, एमाले र कांग्रेसद्वारा चुनावी सभा आयोजना

 

काठमाडौं,१४ मंसिर । कीर्तिपुरमा सत्तारुढ दल नेपाली कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रले अन्तिम चुनावी सभा आयोजना गरेका छन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मंसिर १६ गते हुने उपनिर्वाचन ०८४ को निर्वाचनका लागि आँखिझ्याल बन्ने दाबी गरेका छन् ।

बिहीबार कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले कीर्तिपुर नगरपालिकासहित देशभरका ४४ स्थानमा हुने उपनिर्वाचनले ८४ को चुनावबारे बोल्ने बताएका हुन् ।‘यो पटक यो नगरपालिकाबाट दिने सन्देश र ४४ वटा उपनचुनावबाट दिने सन्देश ८४ को लागि आँखीझ्याल हुनेछ ।

 

यहाँबाट ८४ कस्तो हुनेछ भन्ने देखिन्छ,’ प्रचण्डले भने । साथै, उनले कोही कसैको पनि डर, धाक, प्रलोभन र लोभमा नफसि विकास निर्माणको अभियानमा अघि बढ्न आग्रह गरे । ‘हामी कसैको डर, धाक, प्रलोभन, लोभ लाचनमा नफसिकन एकचोटी विकास निर्माणको नयाँ अभियानमा अघि बढ्ने अवसर हामीसँग छ ।

कीर्तिपुरले फेरि एउटा रेकर्ड बनाउनेछ भन्ने विश्वास पनि व्यक्त गर्न चाहन्छु,’ प्रचण्डले भने । कीर्तिपुरका सांस्कृतिक पर्वहरू, सांस्कृतिक झांकी, बाजागाजाको संरक्षण र संवद्र्धन गर्ने जिम्मेवारी आफूहरूको काँधमा रहेको जिकिर गरे । ‘यहाँका सबै सांस्कृतिक पर्वहरू, सांस्कृतिक झांकी, बाजागाजा यी सबै पनि कीर्तिपुरका मौलिक छन् । यसको संरक्षण र संवद्र्धन गर्ने जिम्मेवारी हाम्रो काँधमा छ,’ प्रचण्डको भनाइ छ ।

अध्यक्ष प्रचण्डले जनताको अवस्था पूरा गर्नका लागि एउटा नयाँ आन्दोलनको आवश्यकता भएको जिकिर गरेका छन् । बिहीबार कीर्तिपुर नगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले आफू पुनः आन्दोलन गरेरै जनताको सुशासन, सामाजिक न्याय र आर्थिक विकासको आकांक्षा पूरा गर्ने वातावरण निर्माणका लागि खटिरहेको बताए।‘राजनीतिक परिवर्तन भए पनि जनताको अवस्था परिवर्तनका लागि नयाँ संकल्प, एउटा नयाँ अभियान र एउटा नयाँ आन्दोलन आवश्यक छ ।

हामी थाक्न हुने स्थिति छैन,’ प्रचण्डले अघि भनेका छन्, ‘म थाकेको छैन । फेरि आन्दोलन गरेर जनताको सुशासन, सामाजिक न्याय र आर्थिक विकासको आकांक्षा पूरा गर्ने वातावारण बनाउन मैले रातदिन देशभरी खटिरहेको छु ।’

साथै, उनले आगामी १६ मंसिरमा हुने उपनिर्वाचन सामान्य कुरा मात्रै नभएको उल्लेख गरे।‘म ऐतिहासिक अपिल गर्न चाहन्छु । यो सामान्य कुरा छैन । यो सामान्य चुनाव जित र हारको कुरा मात्रै छैन । यो नेपाली जनताले जित्ने या नेपालका दलाल विचौलियाहरू, अहिले राज्य केही विचौलियाहरूले चलाउने गरेका छन्,’ उनले भने, ‘मैले त्यही विचौलियाहरूको सेटिङ भत्काउने कोशिस गरेँ । मैले गरेको गल्ती भन्नुहुन्छ भने त्यही हो ।

 

पहिला दुई दुई पटक संसद् विघटन संविधान मिचेर गर्दा सेटिङमा भत्काइएको थियो । र यो सेटिङ भत्काउनैपर्छ भनेर हामीले ठूलो ठूलो आन्दोलन गरेका थियौँ । त्यतिबेला साँच्चै त्यो सेटिङ भत्किएको थियो ।’उनले अहिले विचौलियाहरूको सेटिङमा सरकार बनेको दाबी पनि गरेका छन् ।

यसैगरी, सत्तारुढ दल नेकपा एमालेले कीर्तिपुर नगरपालिकामा आफ्नो अन्तिम चुनावी सभा आयोजना गरेको छ । कीर्तिपुरको पाँगामा आयोजित सभालाई पार्टीका महासचिव शंकर पोखरेल लगायतका नेताहरूले सम्बोधन गरेका छन् । यस नगरपालिकाको प्रमुखमा एमालेले सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाएको छ । कीर्तिपुरको मेयरका लागि आगामी १६ मंसिरमा उपनिर्वाचन हुँ

दैछ । यो निर्वाचनलाई दलहरूले आ–आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् । सभामा सहभागी हुन दलका शीर्ष नेताहरू कीर्तिपुर पुगेका छन् ।
यस्तै, सत्तारुढ दल नेपाली कांग्रेसले कीर्तिपुरमा अन्तिम चुनावी सभा आयोजना गरेको छ ।

 

पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासमेतको उपस्थितिमा कीर्तिपुरको लोकतान्त्रिक चोकमा सभा गरेको छ । कीर्तिपुरको मेयरका लागि आगामी १६ मंसिरमा उपनिर्वाचन हुँदैछ । यो निर्वाचनलाई दलहरूले आ–आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् । सभामा सहभागी हुन शीर्ष नेताहरू कीर्तिपुर पुगेका छन् । कीर्तिपुरमा कांग्रेसबाट कृष्णमान डंगोल प्रमुखका उम्मेदवार हुन् भने दल र स्वतन्त्र गरी यहाँ २० जना उम्मेदवार छन् ।

यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीले कीर्तिपुरमा व्यक्ति तोकेर उम्मेदवारलाई समर्थन नजनाउने भएको छ । स्वतन्त्रतर्फबाट उम्मेदवार दिएका कुनै एकलाई समर्थन गर्ने रास्वपाको तयारी थियो । घोषित रुपमा कुनै पनि उम्मेदवारलाई सघाउने कार्य नहुने रास्वपाका उच्च तहका नेताले जानकारी दिए । उनले भने,‘योग्य, सक्षम व्यक्तिलाई मत दिन आग्रह गर्छौ ।

पार्टीले कुनै उम्मेदवारको पक्ष लिएर सघाउने निर्णय लिदैन ।’दल र स्वतन्त्र गरी कीर्तिपुरमा २० उम्मेदवार छन् । उम्मेदवारी मनोनयन पछि दुईजनाले अर्कोलाई समर्थन गर्ने निर्णय लिएका छन् । एकीकृत समाजवादीका भानु रिजालले माओवादीलाई र स्वतन्त्र उम्मेदवार नरेश श्रेष्ठले राजमान मानवलाई सघाउने निर्णय लिएका छन् । कीर्तिपुर नगर सभापति जयराम कार्कीको एकल सिफारिस भएपनि रास्वपाले उम्मेदवार उठाएन ।

प्रतिक्रिया दिनुहोस्