कालीकोट, २५ कात्तिक । कालीकोटको पलाँता गाउँपालिका–३ राडुनेटा नजिकै जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको जिप दुर्घटनामा परेको हो । जीप दुर्घटनामा परी मृत्यु हुने ६ जनाको सनाखत भएको छ । पलाँता गाउँपालिका–३ मा भएको जीप दुर्घटनामा परेका ६ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक गोविन्दप्रसाद चौधरीले जानकारी दिए ।
उनका अनुसार पलाता गाउँपालिका–६ बस्ने पदम बम, पलाता गाउँपालिकाकै भगवती रोकाया, गणेश शाही, पलाता गाउँपालिका–छ का छाया शाही र पलाता गाउँपालिका–३का दमन रोकाया रहेका छन् ।
यस्तै १३ जना घाइतेहरुको पनि सनाखत भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कालिकोट पलाता–६ का केशव थापा, किशोर थापा, विजय थापा, रिदिम शाही, प्रतिक्षा शाही, आशिष रोकाया रहेका छन् । यस्तै भुपेन्द्र रोकाया, तलाता–३ बस्ने दानबहादुर रोकाया, निर्मला रोकाया, जगत रोकाया तथा ठेगाना नखुलेको चालक धनिराम रावत रहेका छन् भने पलाता गाउँपालिका–५ बस्ने दोली विक र आयुशा विक रहेका छन् ।
घाइते १३ जनालाई उद्दार गरी उपचारका लागि हेलिकप्टरबाट कर्णाली प्रादेशि अस्पताल कालगाउ सुर्खेत पठाइएको छ । आइतबार दिउँसो पलाँता गाउँपालिका–३ को राहुनेटा भन्ने ठाउँमा कप्र ००१ ज५६ नम्बरको जीप भिरबाट करिब १०० मिटर तल खसेको थियो ।
प्रतिक्रिया दिनुहोस्