बेलबारी (मोरङ), ९ कात्तिकः बुटवल लुम्बिनीविरिुद्ध २–० गोल अन्तरको जीत निकाल्दै झापा ११ फुटबल क्लब मोरङको बेलबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण सातौँ आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकपकोे फाइनलमा प्रवेश गरेको छ ।
झापाको जीतका लागि दुवै गोल आशिष चापागाईंले गर्नुभएको हो । उहाँले २८औँ मिनेटमा प्रदीप बुढाथोकीको पासमा टिमका लागि पहिलो गोल गरेका गर्नुभयो । झापाले दोस्रो गोल पेनाल्टीमार्फत ग¥यो ।
खेलको ८९औँ मिनेट बुटवल लुम्बिनी फुटबल क्लबले गोल गर्ने राम्रो मौका गुमायो । एरिक विष्टले प्रहार गरेको बल पोष्टबार छुँदै बाहिरिएपछि बुटवल लुम्बिनी २–० गोलको हार व्योहोर्दै खेदबाट फर्किएको छ ।
आशिष प्लेयर अफ द म्याच घोषित हुनुभयो । चापागाईंलाई केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङ मगरले नगद रु पाँच हजारसहित ट्रफी प्रदान गर्नुभयो ।
दोस्रो सेमिफाइनल खेल शुक्रबार चित्लाङ फुटबल क्लब काठमाडौँ र सलहेस फुटबल क्लब सिराहाबीच हुनेछ ।
—
प्रतिक्रिया दिनुहोस्