कुलेश्वरमा सडक दुर्घटनामा परी ३ जना घाइते

 

काठमाडौँ, ८ साउन । कुलेश्वरमा सडक दुर्घटनामा परी ३ जना घाइते भएका छन । जसमा एक जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

वा.११.च ५९१६ नम्बरको आई २० कारले सोमबार राती ९ बजेको समयमा ठक्कर दिदा राजावावु,भोला र स्याम नाम गरेका तीन जना घाइते भएका हुन । जसमा राजावावुको अहिले सम्म होस नआएको पारिवारिक श्रोतले जनाएको छ ।

उनको बल्खु स्थित बयोदा हस्पिटलमा उपचार भइरहेको छ । ठक्कर दिने कार र चालकलाई नियन्त्रणमा लिएर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्