दक्षिण एसियाली कराते प्रतियोगितामा नेपाली टिम च्याम्पियन

 

काठमाडौँ, ६ साउन । नेपाली कराते टोली भुटानको थिम्पुमा भएको आठौं दक्षिण एसियाली कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ ।
३१ स्वर्ण, २० रजत र ११ कास्य पदक गरि कुल ६२ पदक सहित नेपाली टोली टिम च्याम्पियन बनेको हो । भारत २७ स्वर्ण, २० रजत र १३ कास्य पदकसहित दोश्रो,श्रीलंका ५ स्वर्ण १८ रजत र ३१ कास्य सहित तेस्रो भएको छ । आयोजक भुटान ले ५ रजत र ३७ कास्य पदक सहित चौथो भयो ।

 

प्रतियोगिताको अन्तिम दिन शुक्रबार नेपालका लागि पुरुष क्याडेट तर्फ ५२ केजी मुनी समन श्रेष्ठ, ६३ केजी मुनी साहिल राई,जुनियर तर्फ ६८ केजी मुनीमा निशान तामाङ्ग, यु–२१,८४ केजी मुनी गौरव नेपाल, ८४ केजी माथि आशिष श्रेष्ठ, पुरुष कै सिनियर तर्फ ५५ केजी मुनी एलोन श्रेष्ठ, ६७ केजी मुनी सन्तोष श्रेष्ठ, ८४ केजी मुनी मोहम्मद सेखु आलम र ८४ केजी माथि विप्लभ लाल श्रेष्ठले स्वर्ण पदक दिलाए ।

त्यस्तै महिला तर्फ क्याडेटको ४२ केजी मुनी वर्षा राई,४७ केजी मुनी प्रोसिया चौधरी, ६१ केजी मुनी मनिषा कुमारी बोहरा, महिला तर्फकै जुनियर ४२ केजी मुनी सुस्मिता वाईवा, ५३ केजी मुनी समिक्षा ढुङ्गाना,यु–२१ को ४५ केजी मुनी प्रियंका शाही,५० केजी मुनी अन्जली महर्जन, र ५५ केजी मुनी जिया कार्कीले स्वर्ण पदक जितिन् । त्यसैगरि महिला सिनियर तर्फ ४५ केजी माथि वर्षा बुढा मगर, ६१ केजी मुनी निरुपा तामाङग र ६८ केजीमाथि १९ ओै एसियाडकी रजत पदक विजेता एरिका गुरुङ्ग ले नेपाल लाई स्वर्ण पदक जितिन्‌ । त्यसैगरि महिला टिम कुमितेमा नेपालले पहिलो स्थान हासिल गर्यो‌ । पुरुष टिम कुमितेमा नेपाल दोस्रो भयो ।

यसैगरी, माल्दिभ्समा जारी काभा यू२० महिला भलिबल च्याम्पियनसिपमा नेपाली‌ टोलीले पहिलो जित हासिल गरेको छ ।
अघिल्ला दुई‌ खेलमा पराजय भोगेको नेपाली टोलीले शनिबार आयोजक माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको हो । नेपालले माल्दिभ्सलाई २५–१६, २५–९, २५–१० ले हराएको हो।लिग चरणमा‌ नेपाल तेस्रो भएको छ । नेपालले अंक तालिकाको दोस्रो स्थानमा‌ रहने टोलीसँग सेमिफाइनल खेल्नेछ ।

पहिलो र दोस्रो स्थानलका लागि समान ६ अंक भएका किर्गिजस्तान र श्रीलंकाबीच खेल हुनेछ । शीर्षस्थानमा रहने टोलीले अंक तालिकाको‌ पुछारको माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ । माल्दिभ्सले सबै ३ खेल गुमाएको थियो । नेपाल पहिलो खेलमा श्रीलंकासँग ३–१ र किर्गिस्तानसँग ३–० ले पराजित भएको थियो ।

यस्तै,राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी लगातार दोस्रो सिजन पनि फ्रेन्च शीर्ष डिभिजन टोली एन अभान्ट ग्वेंगाम्पबाट नै खेल्ने भएकी छिन् । गत सिजनको मध्यमा ग्वेंगाम्पमा आबद्ध भएकी साम्बा नयाँ सिजनको तयारीका‌ लागि शुक्रबार नै त्यसतर्फ प्रस्थान गरिसकेकी‌ छन् ।

सोमबारबाट सुरु हुने प्रशिक्षण सत्रमा आफु सहभागी हुन उनी शुक्रबार राती प्रस्थान गर्नुपरेको साम्बाले जानुअघि हाम्रो खेलकुदलाई जानकारी दिएकी थिइन् । घरेलु फुटबलमा एपिएफकी महत्त्वपूर्ण सदस्य साम्बा माल्दिभ्स, भारतीय शीर्ष डिभिजन इजरायलको लिग हुँदै युरोपको शीर्ष मध्य एक फ्रेन्च शीर्ष डिभिजन पुग्न सफल भएकी हुन् । साम्बा नेपाली राष्ट्रिय टोलीकी शीर्ष गोलकर्ता समेत हुन् ।

फ्रेन्च क्लबमा नयाँ प्रशिक्षकको‌ आगमनसँगै साम्बाले पहिलो रोजाइमा खेल्ने सम्भावना बढेको छ । गत सिजन उनले अधिकांश खेल बेन्चबाट सुरु गरेकी थिइन् । उनले टोलीका लागि १ गोल गरेकी थिइन् । एपिएफले यसपटक नेपालबाट एएफसी वुमन्स च्याम्पियन्स लिग खेल्दैछ । तर यो प्रतियोगिता र फ्रान्सको सिजन तालिका जुधेपछि उनी लोनमा आउने सम्भावना पनि प्रारम्भिक चरणमै टुटेको थियो ।

प्रतिक्रिया दिनुहोस्