काठमाडौँ, १७ पुस : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेसनविरुद्ध काठमाडौँ जिल्ला अदालतमा गाली बेइज्जतीसम्बन्धी मुद्दा दायर गर्नुभएको छ । कान्तिपुरका प्रकाशक कैलाश सिरोहिया, प्रबन्ध निर्देशक सम्भव सिरोहिया, कान्तिपुर दैनिकका प्रधानसम्पादक उमेश चौहानलगायतलाई प्रतिवादी बनाइएको फिरादपत्रमा आफ्नो चरित्र हत्या गर्ने समाचार लेखेको उल्लेख छ ।
उक्त विवादको आगामी माघ १७ गते सुुनुवाइ ताकिएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसादले पन्थीले जानकारी दिनुभयो । अध्यक्ष लामिछानेले फिरादपत्रमा आफ्नो इज्जत, प्रतिष्ठा, राजनीतिक जीवनमा समेत गम्भीर असर पुर्याउने मनसायले जानीबुझी चरित्र हत्या गर्ने गरी समाचा प्रकाशित गरेको उल्लेख गर्नुभएको छ । उत्तः समाचारबाट आफू र आफ्नो परिवारको इज्जत प्रतिष्ठा र राजनीतिमा समेत हानिनोक्सानी भएकाले प्रतिवादीबाट कानुनअनुसार सांङेकेतिकरुपमा रु एक सय ५१ क्षतिपूर्ति दिलाउन माग गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्