काठमाडौँ, १३ मङ्सिर । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनएसएल) अन्तर्गत ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबीचको खेल बराबरीमा टुङ्गिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा दुवै टोलीले गोलरहित बराबरीमा खेलेका हुन् ।
खेलको निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि दुवैले एक–एक अङ्क बाँडेका छन् । त्यस्तै दुवै टोलीले यसअघि भएको पहिलो खेलमा जित हात पारेका थिए । यस खेलसँगै दुवै टोलीको समान दुई खेलमा समान चार–चार अङ्क जोडेका छन् । उक्त प्रतियोगिताअन्तर्गत भोलि धनगढी एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्