रसुवा ,२७ असोज । हिमाली जिल्ला रसुवाकाे एक रमणीय पर्यटकीय स्थान मात्र नभइ मानवीय सेवा भावनाले भरिपूर्ण मानव बस्तीकाे रूपमा आफूलाई चरितार्थ गर्न सफल जिल्ला रहेकाे बिगतकाे रक्तदान कार्यक्रमले समेत अवगत गराइ सकेकाे अनुभुती हामी माँझ ताजै छ । आज फेरि त्यही अवस्थालाई पुनराबृति गर्न “प्रत्येक स्वस्थ ब्यक्तिले रक्तदान गर्नु समाजिक दायित्व/कर्तव्य हाे भने पीडित(बिरामी)हरूले नि:शुल्क रगत पाउनु नैसर्गिक अधिकार हाे” मूल नाराका साथ नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा जिल्ला शाखा र एस.एल.सी. ५६ बाय्जकाे संयुक्त आयाेजनामा एक बिशेष रक्तदान कार्यक्रमकाे आयाेजना गरि सम्पन्न भएको छ ।
नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं राष्ट्रिय रक्त नायक/रक्तदाता सम्राट् स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यकाे प्रमुख उपस्थितिमा दाेश्राेपटक कालिकास्थान – २ रसुवामा आयाेजना गरिएको रक्तदान कार्यक्रममा कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटाकाे प्रमुख आतिथ्यता रहेकाे साे कार्यक्रममा अतिथिहरू क्रमश: कालिका गाउँपालिका उपाध्यक्ष मिरा तामाङ,नेपाल रेडक्रस साेसाइटी काउले उपशाखाका सचिव एन.आर.न्याैपाने,कालिका गाउँपालिकन वडा नं. २ अध्यक्ष उमेशबहादुर न्याैपाने,वडा नं. ५ का अध्यक्ष सन्दिप पाैडेल, नाैकुण्ड गाउँपालिका उपाध्यक्ष चन्द्रबहादुर ग्लान,जिबिस रसुवा सदस्य खुवाप्रसाद पाैडेल,कालिका हिमालय मा.बि. प्रधानाध्यापक श्यामकुमार गुरूङ र कालिका हिमालय क्याम्पस प्रमुख केशब रिजाल रहनुभएकाे साे कार्यक्रमकाे शुभारम्भ समाजसेवी टिकाप्रसाद देवकोटालाई प्रमुख अतिथि र प्रमुख अथिथिलाई प्रमुख उपस्थिति जनाउनु हुने स्वयंसेवी रक्तदाता उत्प्रेरक,नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटा ब्लड ब्याग हस्तान्तरण गरि गर्नुभयो ।
नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा जिल्ला शाखाका सचिब हेमनाथ खतिवडाद्वारा सञ्चलित उक्त कार्यक्रमकाे सभापतित्व नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा जिल्ला शाखाका अध्यक्ष प्रमिला लामा र एस.एल.सी. ५६ बाय्जका अध्यक्ष हरि देवकोटाले संयुक्तरूपमा गर्नु भएको थियोे । साे कार्यक्रमकाे संयाेजन नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा जिल्ला शाखाका उपाध्यक्ष रामशरण गजुरेल र एस.एल.सी. ५६ बाय्जका तथा स्वास्थ्यकर्मी रामप्रसाद ढकाल द्वय:ले गर्नुभएको उक्त कार्यक्रममा महिला २२ र पुरूष ८३ गरि जम्मा १०५ जनाले रक्तदान गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्