काठमाडौँ, ६ असोज । राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा नेपाल प्रेस काउन्सिल नेपालबाट सम्मानीत हुनुभएको छ । गृहनगर जनकपुरबाट पत्रकारिता आरम्भ गर्नुभएका वरिष्ठ पत्रकार झा राससको कार्यकारी अध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ ।
नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष झा प्रेस काउन्सिल नेपालका पदेन सदस्य हुनुुहुन्छ । काउन्सिलले झासहित राससका सञ्चालक समिति सदस्य एवं आलेख तथा विचार संयोजक कृष्ण अधिकारीलाई पनि सम्मान गरेको छ । यस्तै, प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कारबाट रासस केन्द्रीय कार्यालयका सहसमाचारदाता भीष्मराज ओझा पुरस्कृत हुनुभएको छ । त्यस्तै राससकर्मीहरु रमेश गिरी (भक्तपुर), विजय राउत (जुम्ला) र मीन ठकुरी (कैलाली) बाट पुरस्कृत हुनुभएको छ ।
काउन्सिलको ५४औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा कार्यकारी अध्यक्ष झासहित पाँच राससकर्मीहरु सम्मानीत तथा पुरस्कृत हुनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्