दर्ता भएका क्रसर उद्योगहरु चल्न दिने सरकारको निर्णय, आचार्यको आत्मदाह सम्बन्धी अनुसन्धान गर्ने जिम्मा गृह मन्त्रालयलाई

काठमाडौं, ११ माघ । दर्ता भएका क्रसर उद्योगहरु चल्न दिने सरकारले निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले क्रसर उद्योगहरूलाई नियमन गर्ने निर्णय गरेको हो । मापदण्ड पुरा गर्नका लागि आगामी असार मसान्तसम्मको समय सीमा दिने गरी दर्ता भएका उद्योगहरु चल्न दिने निर्णय गरेको छ । गृहमन्त्री रबि लामिछानेका प्रेस संयोजक नवराज पाण्डेका अनुसार असारसम्म पनि मापदण्ड पुरा नभएका उद्योग पुनः बन्द गरिनेछ । गृह मन्त्रालयले २० पुसमा सबै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्राचार गर्दै दर्ता विना र मापदण्ड विपरीत चलेका क्रसरहरु बन्द गर्न निर्देशन दिएको थियो ।
विना अनुमतिपत्र चलिरहेको सबै क्रसर उद्योग बन्द रहने उनले बताए । आयोजना विशेषका लागि खुलेका तर, आयोजना सम्पन्न भएपछि पनि चलिरहेका क्रसर उद्योगहरु पनि अब बन्द हुनेछन् ।
क्रसर उद्योग बन्द भएपछि आयोजनाहरुमा काम प्रभावित भएको थियो । निर्माण व्यवसायीले काम छाडेपछि सरकारमाथि क्रसर खोल्न दबाब परेको थियो ।
यसअघि पनि सरकारले झ्याप्पै क्रसर बन्द गर्ने र अपरादर्शी रुपमा खोल्ने गर्दै आएको थियो ।
यसैगरी, बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रेमप्रसाद आचार्यको आत्मदाह सम्बन्धी अनुसन्धान गर्ने जिम्मा गृह मन्त्रालयलाई दिएको छ । आफैंमाथि आगो लगाएका इलामका आचार्यले उठाएका विषयमाथि छानबिन हुने भएको हो ।
बैठकले उनले उठाएका विषयबारे छानबिन गर्ने निर्णय भएको एक मन्त्रीले बताए । ‘प्रेम आचार्य प्रकरण र अर्थतन्त्रमा उनले उठाएका नीतिगत तथा व्यवहारिक विषयमा छानबिन गर्ने मन्त्रिपरिषद्को निर्णय छ,’ उनले भने ।
उनले मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आफैंमाथि आगो लगाएका थिए । प्रहरीले आगो निभाएर उनलाई कीर्तिपुर अस्पताल पठाइएको थियो । त्यहाँ उपचारको क्रममा उनको बुधबार बिहान मृत्यु भएको हो । उनले आफूमाथि आगो लगाउनुअघि सामाजिक सञ्जालमार्फत् आत्मदाह गर्नुको कारण खुलाएका छन् । यससम्बन्धी अनुसन्धान गर्ने जिम्मा गृह मन्त्रालयलाई दिएको हो ।
‘उनले उठान गरेको विषय अध्ययन गरेर गृह मन्त्रालयले छानबिन गर्ने र सत्य तथ्य बाहिर आएपछि सरकारले आवश्यक कदम चाल्ने निर्णय भएको छ’ उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले भने । उनले गृह मन्त्रालयले छानबिनको काम आज नै अघि बढाउने पनि बताए ।

यसैगरी, प्रेमप्रसाद आचार्यले आत्मदाह गर्नु अघि लेखेको स्टाटस जस्ताको त्यस्तै
मेरि नानुका, तिमिले सहयोग पाउने छौ, बिचलित नहुनु । मलाइ माफ गरिदेउ। मैले प्रगती गर्ने धेरै अस्त्र लाउदा पनि सकिन । छोरिहरुको अभिभारा तिम्रो काधमा छ । बुझ्ने भएपछी उनिहरुलाइ सम्झाउनु, तिमिहरुको पापुले यो देशमा सफलता हासिल गर्न सक्नुभएन, जताततै हण्डर र ठक्कर खानुभयो, जताततै लुटिनुभयो । यो देश गरि खानेलाइ होइन लुटि खानेलाइ मात्र सहज रहेछ । तिमिहरुले पनि त्यै अवस्था भोग्नुनपरोस भनेर क्रान्ति मा होमिनुभयो, आफ्नो भोगाइ र पीडा सरकारले सुन्ने गरि आफ्नो ज्यान आहुती दिनुभयो । यहि भन्देउ !!
यदि कोही मेरो मागमा सहमत हुनुहुन्छ भने शान्तिपुर्ण ऐक्यबद्धता जनाइदिनु होला । आन्दोलन र हिम्सा मेरो देशले धेरै सह्यो, त्यता नलाग्नुहोला । सरकारलाइ झक्झकाइ रहनु होला । सम्झाइदिरहनुहोला । सुन्दर देशको कल्पना गर्दै मैले लिएको यो अभियान हो, यसलाइ मर्न नदिनुहोला । मलाइ राजनीतिमा लगाउने महानुभाबहरुलाइ आग्रह, मेरो अभियान लाई अगाडि बडाइदिनुहोला, सरकारलाइ झक्झकाइ रहनुहोला । यो देश दुखेको ठाउँमा मल्हम लगाइदिरहनुहोला । पिडादायी घटना कोहि शरीर जलाएका छन् भने कोहि मन
बाच्ने रहर हुँदा हुँदै बाच्न सकिन । केही नयाँ गर्ने र उधारणिय बन्ने हुटहुटि हुँदा हुँदै बन्न सकिन । यो कतबतझभलत लेखिसकेपछी पनि २–४ जना सग कजबचभ गरे, बाच्न चाहे । सहयोग को आश्वासन पाए तर फगत आश्वासन मात्र रहयो । कसलाइ कजबचभ गरे गर्भमै रहोस ! वहाहरुले सार्बजनिक गर्नुभयो भने वहाहरुकै कुरा । सबै उपाय लगाइसकेपछी पनि केही नभएपछी यो निर्णय लिएको हु । रोए धेरै रोए एकान्तमा । आँसु रितिए, आशा रितिए, सम्बन्ध रितिए । सबैभन्दा ठूलो पैसा रितियो, धन रितियो, र सायद अब मलामी पनि रितिए, मेरो लास उठाउने पनि कोहि हुदैनन होला, किनकी म कंगाल भए धन सबै सकियो । छोरिहरुसग रमाउने चाहाना थियो, उनिहरुलाइ असल नागरिक बनाउने चाहाना थियो, श्रीमतिलाइ सदा अगालोमा राख्ने चाहाना थियो सबै चाहानामै सिमित भयो । कहाँ जानू ? कसलाइ भन्नू ? अगाडि केही देखिन मर्नु सिबाय । मलाइ माफ गर्नुहोला !!!
उनले विभिन्न व्यापारहरु सञ्चालन गरेको तर पाउनुपर्ने स्थान बाट समयमा पैसा नपाउनाले, आफूले तिर्नुपर्ने ऋण जताततै बढ्दै गएको र ऋण तिर्न आफ्नो आमा बुवा दाई लाई जग्गा बेचेर भए नी तिरौं, ज्यान भन्दा ठूलो सम्पति होइन भन्दा पनि नमान्नुभएको लगायत धेरै कुराबाट आर्थिक समस्या परेकोले ऋण नै ऋणले जीवन धान्न नसकेको हुनाले पटक पटक आत्महत्या गर्न प्रयास पनि गरेका रहेछन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *