आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ क्लब शीर्षस्थानमा

काठमाडौं, ११ माघ । एपिएफले आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै अपराजित रहेर शीर्षस्थानमा रहन सफल भएको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा बुधबार भएको राउन्ड रोविन लिगको अन्तिम खेलमा एपिएफले आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै अपराजित रहेर शीर्षस्थानमा रहन सफल भएको हो ।
विभागीय भिडन्तमा त्रिभुवन आर्मी क्लबको चुनौती पन्छाउँदै साविक विजेता नेपाल एपिएफ क्लबले तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ तेस्रो जित निकालेको छ ।
पहिलो सेट २५–१७ ले जितेको एपिएफले दोस्रो सेट २२–२५ ले गुमाउन पुगेको थियो । त्यसपछिको दुवै सेटम एपिएफले सहजै २५–१६ र २५–१५ ले जित्न सफल भयो ।यस जितसँगै एपिएफ ३ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा रह्यो । आर्मी तीन खेलबाट ६ अंक जोडेर दोस्रो तथा होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले ३ अंब बटुल्दा घरेलु टोली गण्डकी प्रदेश अंकविहीन बन्यो । बुधबारै डायमण्डले गण्डकीलाई १९–२५, २५–१५, २५–१४ र २५–११ को सेटमा हराएर लिगमा तेस्रो स्थान हासिल गरेको छ ।
यस नतिजासँगै महिलातर्फको सेमिफाइनल समिकरण पूरा भएको छ । अब सेमिफाइनलमा शीर्षस्थानमा रहेको एपिएफले पुछारमा रहेको गण्डकीसँग तथा दोस्रो स्थानमा रहेको आर्मी र तेस्रो स्थानमा रहेको न्यु डायमण्डबीच प्रतिस्पर्धा हुनेछ । दुवै सेमिफाइन बिहीबार हुनेछ । तेस्रो स्थानको खेल शुक्रबार तथा फाइनल शनिबार हुनेछ ।

यसैगरी, तीन भारतीय खेलाडीसम्मिलित घरेलु टोली गण्डकी प्रदेशलाई पराजित गर्दै मुख्य स्पाइकर प्रतिभा मालीविनाको होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले पोखरामा जारी तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा पहिलो जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा बुधबार भएको राउन्ड रोविन लिगको खेलमा डायमण्डले गण्डकीलाई ३–१ को सेटमा पराजित गरेको हो । डायमण्डले पहिलो सेट १९–२५ ले गुमाएपनि त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्दै जित निकाल्न सफल भयो ।
दोस्रो सेटमा २५–१५ को सहज जित हात पारेको डायमण्डले तेस्रो सेटमा २५–१४ को सहज जित हात पार्न सफल भयो । चौथो सेटमा १०–९ को स्थितिबाट लगातार १३ अंक जोडेर जिततर्फ अग्रसर बनेको डायमण्डले २५–११ को सहज जित निकाल्न सफल भयो ।पहिलो जितसँगै डायमण्ड राउन्ड रोविन लिगमा तेस्रो भएको छ । पराजित गण्डकी अंकविहीन हुँदै पुछारमा रहेको छ । पराजयका बावजुत महिलातर्फ च्याम्पियनसिपमा चार टोली रहेकाले गण्डकीले पनि सेमिफाइनल खेल्नेछ ।
यस जितसँगै डायमण्डले ३ खेलबाट ३ अंक बटुल्दा पराजित गण्डकी राउन्ड रोविन लिगमा अंकविहीन रह्यो । डायमण्डले यसअघि आर्मी र एपिएफसँग हार बेहोदा गण्डकीले तीन टोलीसँग हारको नतिजा आत्मसात् गर्यो । एपिएफ र आर्मीको दुई खेलबाट समान ६ अंक छ ।
अब डायमण्डले सेमिफाइनलमा लिगमा दोस्रो हुने टोलीसँग तथा गण्डकीले लिगको शीर्ष टोलीसँग खेल्नेछ । आज नै केहीवेरमा आर्मी र एपिएफले शीर्षस्थानको लागि प्रतिस्पर्धा गर्दैछ । आज नै पुरुषतर्फ आर्मी र गण्डकी तथा एपिएफ र सेन्ट जोसेफबीच खेल हुनेछ ।
सेमिफाइनलमा लिगको शीर्षस्थानमा रहेको टोलीले चौथो स्थानको टोलीसँग तथा लिगको दोस्रो र तेस्रो हुनेले दोस्रो सेमिफाइनल खेल्नेछ । विजेता फाइनलमा प्रवेश गर्नेछ ।टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा गत आइतबारदेखि सुरु भएको प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ५ टोलीको सहभागिता रहेको छ । महिलातर्फ एपिएफ, आर्मी, डायमण्ड र गण्डकीको सहभागिता छ । यसअघि सहभागी हुने भनिएका दुई टोली नेपाल पुलिस क्लब र भारतको केरेला स्टेट इलेक्ट्रोनिक बोर्डले भाग लिएनन् । पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, सेन्ट जोसेफ वाज स्पोर्टस् क्लब श्रीलंका, नेपाल पुलिस, एपिएफ र गण्डकी प्रदेश गरी ५ टोलीको सहभागिता रहेको छ ।
पहिलो संस्करणमा पुरुषतर्फ गण्डकी र महिलामा पुलिस च्याम्पियन बनेको थियो । दोस्रो संस्करणमा महिलातर्फ एपिएफ र पुरुषतर्फ आर्मी च्याम्पियन टोली हो । महिला र पुरुष दुवैतर्फको विजेताले समान ५ लाख र उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछन् ।तेस्रोले १ लाख २५ हजार र सान्त्वना हुनेले ६५ हजार प्राप्त गर्नेछन् । दुवैतर्फको सर्वोत्कृष्ट खेलाडीले जनही २५ हजार तथा विधागततर्फका उत्कृष्टले समान १० हजार प्राप्त गर्नेछन् ।
यता, नेपाली बक्सिङ खेलाडी सुष्मा तामाङले यू–२२ बक्सिङ च्याम्पियनशिपमा रजत पदक जितेकी छन् । थाइल्यान्डको बैङ्ककमा आज भएको महिला ४८ किलो तौल समूहको फाइनल खेलमा सुष्माले उज्वेकिस्तानकी खेलाडी फोजिलोभा फार्जोनासँग पराजित हुँदै रजत पदक जितेकी हुन् । सुष्मालाई अङ्कका आधारमा ५–० ले पराजित गर्दै फोजिलोभाले स्वर्ण पदक जितिन् ।
फाइनलमा पराजित भए पनि सुष्माले ऐतिहासिक रजत पदक हात पारिन् । नेपाली बक्सिङको इतिहासमा सुष्मा फाइनलमा पहिलो पटक पुगेको र एसियाली च्याम्पियनशिपमा नेपालले रजत पदक जितेको पनि यो पहिलो पटक हो । यसअघि नेपालले एसियास्तरमा कास्य पदक जितेको थियो । त्यस्तै यसअघि सेमिफाइनलमा सुष्मा मङ्गोलियाकी जनारगुली बाइस्येनबाइलाई पराजित गर्दै फाइनल पुगेकी थिइन् । प्रतियोगितामा नेपालबाट तीन महिला र समान तीन पुरुष खेलाडीको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *