काठमाडौं, ९ माघ । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने १९औँ संस्करणको पल्सर स्पोर्ट्स अवार्ड कार्यक्रम आगामी फागुन महिनामा हुने भएको छ । नेपाली खेल क्षेत्रमा योगदान पु¥याउने खेलाडी प्रशिक्षक र खेलकर्मीलाई सम्मान गरिने उक्त अवार्ड कार्यक्रम आगामी फागुन २३ गते हुने आयोजक मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले सोमबार आयोजित एक कार्यक्रममा जानकारी दिए ।
उक्त अवार्ड २०७८ सालभर नेपाली खेलकुद क्षेत्रमा योगदान पु¥याउनाले खेलकर्मीलाई विभिन्न नौ विधामा सम्मान गरिनेछ । वर्षको उत्कृष्ट खेलाडी पुरुष, वर्षको उत्कृष्ट खेलाडी महिला, वर्षको उत्कृष्ट युवा, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेशल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स अवार्ड छन् । मञ्चले वर्ष खेलाडी पुरुष र महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा खेलाडीको उपाधि पाउने खेलाडीलाई जनही एक थान बजाज मोटर साइकल प्रदान गर्नेछ ।
त्यसबाहेक अन्य विधाका खेलाडीले भने जनही रु ५० हजार पुरस्कार पाउनेछन् । उक्त स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक हंशराजन हुलाचन्द्र एन्ड कम्पनी प्रालिको बजाज पल्सर मोटरसाइकल रहेको छ । कार्यक्रममा मुख्य प्रायोजकका निर्देशक अभिमन्यु गोल्छा र मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन ।
यसैगरी, विभागीय नेपाल एपिएफ क्लबले पोखरामा जारी तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ लगातार दोस्रो जित निकाल्न सफल भएको छ ।
एपिएफले अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो । यसअघि पहिलो खेलमा एपिएफले आर्मीलाई ३–१ कै सेटमा हराउन सफल भएको थियो ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा सोमबार भएको खेलमा एपिएफले पुलिसलाई २५–१९, २१–२५, २५–१९ र २५–१८ को सेटमा हराउन सफल भयो । दुई साता अघि काठमाडौंमा भएको सातौं एनभिए क्लब च्याम्पियनसिपमा पनि एपिएफले पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको थियो ।
यस जितसँगै एपिएफले २ खेलबाट ६ अंक जोडेको छ । पुलिसले २ खेल खेल्दा अंक जोड्न सकेको छैन । आर्मीको २ खेलबाट ३ अंक छ । गण्डकीको एक खेलबाट ३ तथा श्रीलंकाको सेन्ट जोसेफ वाज स्पोर्टस् क्लबले पनि अंक जोड्न सकेको छैन ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा आइतबारदेखि सुरु भएको प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ५ टोलीको सहभागिता रहेको छ । महिलातर्फ यसअघि सहभागी हुने भनिएका दुई टोली नेपाल पुलिस क्लब र भारतको केरेला स्टेट इलेक्ट्रोनिक बोर्डले भाग लिएनन् ।
त्यसको ठाँउमा गण्डकी प्रदेशले प्रतिस्पर्धा गर्दैछ । महिलातर्फ अर्को टोली एपिएफ रहेको छ ।
पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, सेन्ट जोसेफ वाज स्पोर्टस् क्लब श्रीलंका, नेपाल पुलिस, एपिएफ र गण्डकी प्रदेश गरी ५ टोलीको सहभागिता रहेको छ । पहिलो संस्करणमा पुरुषतर्फ गण्डकी र महिलामा पुलिस च्याम्पियन बनेको थियो ।
दोस्रो संस्करणमा महिलातर्फ एपिएफ र पुरुषतर्फ आर्मी च्याम्पियन टोली हो । महिला–पुरुष दुवैतर्फ उपाधि विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछन् । तेस्रोले १ लाख २५ हजार र सान्त्वना हुनेले ६५ हजार प्राप्त गर्नेछन् । हरेक दिनको खेलमा उत्कृष्ट खेलाडीले ५ हजार र ३ हजार रुपैयाँ बराबरको स्वास्थ्य परीक्षण सुविधा पाउने छ । दुवै इभेन्ट्समा सर्वोत्कृष्ट खेलाडीले जनही २५ हजार तथा विधागततर्फका उत्कृष्टले समान १० हजार प्राप्त गर्नेछन् ।
यस्तै, राष्ट्रिय खेलकुद महासंघ अन्र्तगत राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनमा १२औं संस्करणको लिनिङ पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिता विराटनगरमा आयोजना हुने भएको छ ।
आयोजकले सोमबार जारी गरेको विज्ञप्तिमा प्रतियोगिता फागुन २ देखि ७ गतेसम्म विराटनगरमा हुने उल्लेख गरेको छ । प्रतियोगिताको सह–आयोजकमा मोरङ जिल्ला ब्याडमिन्टन संघ तथा मुख्य प्रायोजकमा ब्याडमिन्टन खेल सामाग्री उत्पादन संस्था लिनिङ रहेको छ ।
लिनिङको प्रायोजन पश्चात प्रतियोगिताको नाम ‘लिनिङ १२औं पुष्पलाल स्मृति राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिता – २०२३’ रहने छ ।
नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग रहने प्रतियोगितामा शीर्ष १६ बरियतामा रहेका पुरुष एकल, शीर्ष १२ बरियतामा रहेका महिला एकल, शीर्ष १६ बरियता बाहेकका पुरुष एकल, शीर्ष १२ बरियता बाहेकका महिला एकल, पुरुष र महिला युगल, यु–१७ छात्र र छात्रा एकल, भेट्रान ४५ बर्ष माथी र ५५ बर्ष माथी गरि १० विधामा करिव ३०० खेलाडीहरुको सहभागिता रहने आयोजकले जानकारी गराएका छन् ।
करिव २४ लाख ८४ हजारको लागत रहेको प्रतियोगिताको पुरस्कार राशी ५ लाख ९८ हजार रहेको छ । जस अन्र्तगत शिर्ष १६ बरियता पुरुष र शिर्ष १२ बरियता महिला तर्फको खेल लिग कम नकआउटका आधारमा हुने छ । यस विधामा खेल्ने खेलाडीहरुले खेलमा सहभागिता जनाउने बित्तीकै नगद १ हजार ५ सय प्राप्त गर्नेछन् । यसैगरि लिग चरणमा प्रत्येक जित बापत थप १ हजार ५ सय प्राप्त गर्नेछन् । क्वाटरफाईनल जित्ने खेलाडीले थप ८ हजार प्राप्त गर्नेछन् । सेमिफाईनल जित्ने खेलाडीले थप १६ हजार जित्नेछन् भने फाईनल जित्ने खेलाडीले थप २० हजार र उपविजेताले थप ५ हजार प्राप्त गर्ने छन् ।
यस्तै उच्च बरियता बाहेकका महिला र पुरुष एकल, महिला र पुरुष युगल, भेट्रान ४५ बर्ष माथि र ५५ बर्ष माथिका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुले क्रमशः २० हजार, १० हजार र ५ हजार तथा यु–१७ छात्र तथा छात्रा एकल तर्फका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुले क्रमश १५ हजार, ८ हजार र ४ हजार नगदका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।