फिल्म ‘जारी’, ‘नाईं नभन्नू ल ६’ र ‘प्रसाद २’को प्रदर्शन मिति घोषणा

काठमाडौं, ९ माघ । नयाँ वर्षलाई लक्षित गरेर फिल्म ‘जारी’, फिल्म ‘नाईं नभन्नू ल ६’ र ‘प्रसाद २’ले प्रदर्शनको मिति घोषणा गरेका छन् ।
नायक दयाहाङ राई र नायिका मिरुना मगर अभिनित फिल्म ‘जारी’को प्रदर्शन मिति तोकिएको छ । २०८० बैशाख १ गते अर्थात नयाँ बर्षको दिन उक्त फिल्मको प्रर्दशन हुने भएको हो । प्राय यस्तै विशेष दिनहरुमा फिल्म प्रदर्शनका लागि उपयुक्त समय मानिन्छ ।

किनभने यस्तो विशेष दिनहरुमा मनोरञ्जनका लागि मानिस फिल्म हेर्न हल जाने गरेको देखिन्छ । मिठो खाने, घुमघाम गर्ने र फिल्म हेरेर नयाँ उमंगका साथ नै नयाँ वर्षको सुरुवात गर्ने गरेको देखिन्छ । त्यहि भएर नयाँ वर्ष वा कुनै विशेष चाडवाडलाई लक्षित गरेर फिल्म निर्माताहरुले फिल्म प्रदर्शन गर्ने गर्छन् ।
सोमबार फिल्म ‘जारी’को पोस्टर सार्वजनिक गर्दै आगामी बैशाख १ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो । पोस्टरमा फिल्मका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगर फिचर्ड छन् । उनीहरु श्रीमान्–श्रीमतीको भूमिकामा रहेको बुझिन्छ । फिल्म ‘जारी’ कवि उपेन्द्र सुब्बाको निर्देशनमा बनेको छ ।
फिल्म ‘जारी’ प्रथामाथि आधारित रहेको फिल्ममा हो । नेपालको लिम्बू समुदायको सुन्दर प्रेमकहानीमा बनेको छ । फिल्ममा एक ब्यक्ति जो आफ्नो श्रीमती फिर्ता ल्याउन संघर्ष गर्छ । यसमा कलाकार विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बू, कमलमणी नेपाल, पुष्कर गुरुङलगायतको अभिनय देख्न सकिन्छ ।
यो फिल्म दर्शकमाझ कति लोकप्रिय हुन्छन त्यो भने फिल्म हलमा लागेपछि मात्र थाहा हुन्छ । किनभने राम्रो स्टारडम भएको नायक नायिकाको फिल्म चल्छ नै भन्ने हुदैन । कहिले काही कन्टेन्टले दर्शक तान्छ त कहिले नायिक नायिकाको भूमिकाले । फिल्म चल्न र नचल्नमा कुनै एकपक्षलाई मात्र दोष दिन सकिदैन् । कुनै फिल्ममा राम्रो कन्टेन्ट नभएपनि फिल्म चलेको हुन्छ र कहिलेकाँही कन्टेन्ट राम्रो हुँदा पनि फिल्म फ्ल्प भएको हामीले देखेकै छौै ।
नेपालमा प्रत्येक वर्ष सयको आसपासमा फिल्म बन्छन् र लगभग त्यही अनुरुपमा रिलिज हन्छन् । त्यसमध्ये आधा दर्जन फिल्मले लगानी सुरक्षित गरेर अर्को फिल्म बनाउन पैसा उठाइदिन्छन् । ४÷५ वटा फिल्मले जेनतेन लगानी उठाउँछन् । बाँकी ८०÷८५ वटा फिल्मले पोस्टर छपाईको पैसा पनि उठाउन सक्दैन् ।
गत पुषमा प्रदर्शनमा आएका दुई फिल्म ‘डिसेम्बर फल्स’ र ‘तिम्रो मेरो साथ’को व्यवसायिक नतिजाले फिल्म क्षेत्रलाई नै स्तब्ध बनाएको छ । यसको कारण हो, यी दुवै फिल्ममा नाम चलेका कलाकार थिए । प्रचार तगडा थियो ।

हलहरु पर्याप्त पाएका थिए । तर, हलमा यस्तो अवस्था रह्यो कि दर्शक नहुँदा कति शो क्यान्सिल भए । दुवै फिल्मको आयू हलमा मात्र एक हप्ता रह्यो ।
फिल्म नचलेपछि दोष कलाकारमाथि थोपर्ने चलन छ । ‘डिसेम्बर फल्स’ र ‘तिम्रो मेरो साथ’को हकमा पनि यही भयो । ‘डिसेम्बर फल्स’मा आर्यन सिग्देल र उपासना सिंह ठकुरीको अभिनय थियो भने ‘तिम्रो मेरो साथ’लाई साम्राज्ञी आरएल शाह, पुष्प खड्का र सन्दीप क्षेत्रीले काँधमा बोकेका थिए ।

दुवै फिल्मको एक शो पनि हाउसफुल नहुँदा कलाकारको स्टारडममाथि औंला उठेको छ ।
आर्यनको स्टारडम सकिएको, उपासनासँग दर्शक तान्ने स्टारडम नभएको, साम्राज्ञीको स्टारडम खस्किएको, पुष्पको स्टारडम नै नभएको भन्ने खालका टिप्पणी भैरहेका छन् । सबैभन्दा बढी प्रहार साम्राज्ञीमाथि भएको देखिन्छ । उनले बुझ्ने पारिश्रमिकअनुरुप स्टारडम नै नभएको भन्दै मिडियाले समेत खिसिटिउरी समेत भएको देखिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *