काठमाडौँ, ८ माघ । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन नेपाल क्षेत्र नम्बर एकले आज शंखमूल काठमाडौंमा एक विशेष कार्यक्रमकाे आयाेजना गरि रक्तदान कार्यक्रमम सम्पन्न भएको छ ।
नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले संगठनका केन्द्रीय सदस्य राजेश भट्टराईलाई रक्त संकलन थैली प्रदान गरि कार्यक्रमकाे शुभारम्भ गरिएको थियोे ।
उपप्रधानमन्त्री एवं उर्जा मन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंदेनकाे प्रमुख उपस्थितिमा आयाेजित साे रक्तदान कार्यक्रममा पार्टीका बरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्रकाे समेत उपस्थिति रहेको थियोे ।
नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई उपप्रधानमन्त्री एवं उर्जा मन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंदेनले खादा ओढाइ सार्वजनिक सम्मान गर्नुभएको थियोे ।
उपप्रधानमन्त्री एवं उर्जा मन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंदेन लगायत साे रक्तदान कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा ५० जनाले स्वयंसेवी तवरले रक्तदान गर्नुभएको उक्त विशेष रक्तदान कार्यक्रमकाे संयाेजन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन नेपालका केन्द्रीय सदस्य राजेश भट्टराईले गर्नुभएको थियोे ।