वर्तमान सरकारले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्ने

काठमाडौं, २४ पुस । वर्तमान सरकारले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्ने नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बताएका छ । आइतबार पार्टी जनसङ्गठन समन्वय संयन्त्रद्वारा काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित दुई दिने जनसङ्गठन सुदृढीकरण कार्यशाला उद्घाटन समारोह उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड नेतृत्वको वर्तमान सरकारले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्ने बताएका हुन । आउँदो मङ्गलबार सरकारले विश्वासको मत प्राप्त गर्ने बताउँदै नेताकार्यकर्तालाई ढुक्क रहन आग्रह गरे । वर्तमान सरकारले सहज तरिकाले विश्वासको मत प्राप्त गर्नेछ, तपाईंहरू ढुक्क भएर बस्नुस्, यो एमालेले बनाएको सरकार हो, पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भने । अध्यक्ष ओलीले साङ्केतिकरूपमा सरकारलाई विश्वासको मत नदिलाउन षड्यन्त्र भइरहेको बताए । बहुमत नपुग्दा तालमेल गरेर एकीकृत भएको बहुमतलाई झण्डै दुई तिहाइको स्थितिमा पु¥याउने एमाले हो, एमालेले कसैले नसोचेको अवस्थामा पु¥याउन सक्छ, उनले भने । उनले एमाले सरकारमा वा प्रतिपक्षमा जहाँ रहे पनि देश र नागरिकको हितमा दृढतापूर्वक सक्रिय भइरहने बताए ।
अध्यक्ष ओलीले जनादेशको सही व्याख्या, सही विश्लेषण र सही सदुपयोग गरेको दाबी गर्दै देशको राजनीति अत्यन्तै अनौठो गतिमा परिवर्तन भएकोमा नेपाली राजनीतिमा चासो राख्ने अचम्मित भएको बताए । निर्वाचनअघि भनेझैँ नयाँ जनादेशबाट सरकारअघि बढाउने योजना निर्वाचनपछि सफलतापूर्वक सम्पन्न गरेका छौँ, यसबाट नेपाली जनता खुसी छन, उनले भने । एमालेमा जनसङ्गठनको असाधारण महत्त्व रहेको उनका धारणा थियो । सोमबारसम्म सञ्चालन हुने कार्यशालामा २३ जनवर्गीय सङ्गठनका एक सय ३० पदाधिकारी सहभागी रहेका छन् ।
यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने सम्बन्धमा निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय बबरमहलमा आइतबार बसेको लोसपाको कार्यकारिणी समितिको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबारे निर्णय गर्ने अधिकार अध्यक्षलाई दिएको हो । यही पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले यही पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन । लोसपाको प्रतिनिधिसभामा चार सांसद छन । लोसपाका कार्यकारिणी सदस्य केशव झाका अनुसार बैठकले मधेस प्रदेशको संसदीय दलको संशोधित विधान अनुमोदन गरेको छ । सङ्गठन विस्तारको कामलाई यथाशीघ्र अगाडि बढाउने निर्णय भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *