रक्तदान कार्यक्रम र निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न

काठमाडौँ, ९ पुस । बर्षेनी आयोजना गरिंदै आइरहेको रक्तदान कार्यक्रम शुक्रबार नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको विशेष उपस्थितिमा कोटेश्वर ब्यबसायिक संघद्वारा विशेष रक्तदान कार्यक्रम र निःशुल्क स्वास्थ्य शिबिर कोटेश्वर चोकमा आयोजना गरि सम्पन्न गरिएको छ ।
शुभ सुधा डेण्टल केयर होम,अनमोल आयुर्वेद सेवा प्रा.लि. र एस. डेण्टल प्रा. लि.को संयुक्त सह–आयोजनामा आयोजित उक्त कार्यक्रममा संघका उपाध्यक्ष गोरख बहादुर थापा,संघका निवर्तमान अध्यक्ष सरोज थापा र शुभ सुधा डेण्टल केयर होमका सञ्चालिका सुधा बरालले नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई खादा ओढाएर सम्मान जाहेर गरिएको थियोे । सो कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा ४३ जनाले रक्तदान गरेका थिए भने १५० जनाले निःशुल्क स्वास्थ्य परिक्षण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *