अभिनेत्री अदिती बुढाथोकीद्वारा फिल्म ‘बाबरी २’ बन्ने संकेत

काठमाडौं, ४ मंसिर । फिल्म ‘बाबरी २’ बन्न सक्ने संकेत अभिनेत्री अदिती बुढाथोकीले गरेकी छन । यो फिल्म उनकै होम प्रोडक्सनको हो ।
अभिनेत्री बुढाथोकीले फिल्म ‘बाबरी’बाट करिब ४ वर्षपछि कमब्याक गरिन् । डेब्यू फिल्म ‘कृ’ रिलिजपछि मुम्बई केन्द्रित भएकी उनलाई आफ्नो कमब्याक फिल्मप्रति ठूलो आशा थियो । तर, फिल्मले प्रतिक्रिया सुखद् बटुले पनि व्यापार सुखद् गरेन । न त उनको अभिनयकै चर्चा भयो । फिल्ममा उनले अभिनयभन्दा आफू कसरी सुन्दर देखिने भन्नेमा बढी मिहिनेत गरेको देखिन्थ्यो ।
नेपालबाट लगानी सुरक्षित गर्न नसकेको ‘बाबरी’को यतिबेला विदेशका विभिन्न ठाउँहरुमा प्रदर्शन भइरहेको छ । फिल्मको विदेश प्रदर्शनका लागि अदिती र अभिनेता धिरज मगर अष्ट्रेलिया, हङकङ, बेलायत पुगेका थिए । बेलायत प्रदर्शनपछि धिरज यतिबेला बाली घुमघाममा व्यस्त छन् भने अदिती नेपाल फर्केकी छन् । उनी यसै साता आफ्नो कर्मथलो मुम्बई प्रस्थान गर्ने योजनामा छिन् ।
नेपाल ओर्लिएसँगै उनले इन्स्टाग्राममार्फत् फ्यानहरुको जिज्ञासाको जवाफ दिएकी छन् । एक फ्यानले धिरज मगरसँग अर्को फिल्म कुन हुनसक्छ भनेर सोधेको प्रश्नमा अदितीले ‘बाबरी २’ हुनसक्ने बताएकी छन् । यो माग दर्शकको नै रहेको पनि उनको भनाई छ । फिल्म प्रदर्शन भइरहेको समयमा पनि उनले ‘बाबरी २’ बन्न सक्ने संकेत गरेकी थिइन् । यो फिल्म उनकै होम प्रोडक्सनको हो ।
त्यस्तै, अर्का एक फ्यानले सिंगल कि रिलेसनसिपमा भनेर सोधेको प्रश्नको जवाफमा उनले भनेकी छन्, ‘म सही व्यक्तिको प्रेममा डुब्न प्रतिक्षा गरिरहेको छु ।’ उनले आफू सिंगल रहेको दावी गरे पनि केही समयअघि उनी भारतीय ¥यापर अलिम मोरानीको प्रेममा रहेको चर्चा चलेको थियो । ‘बाबरी’मा काम गरेपछि धिरजसँग अदितीको नाम जोडिएको छ । तर, दुवैले यो कुरा नकारेका छन् ।
यसैगरी, सार्वजनिक व्यक्ति भएपछि उसको नीजि जीवन होस् वा व्यवसायिक, सबै सार्वजनिक हुन्छन् । कहिले काहिँ यी कुराले समस्या पनि निम्त्याउँछ । कतिपय अवस्थामा फाइदा पनि पुगेको हुन्छ । विशेषगरि, कलाकारहरुको नीजि र व्यवसायिक जीवनको बारेमा आम मानिस र मिडियाले निकै चासो दिने गरेका हुन्छन् । उनीहरुले गर्ने जुनसुकै गतिविधिले चर्चा र विवाद दुवै जन्माउन सक्छ ।
अभिनेत्री वर्षा सिवाकोटी पनि केही समययता व्यक्तिगत जीवनका कारण चर्चाको पात्र बनेकी छन् । गत वैशाखमा अमेरिका बस्ने आशिष गलालसँग विवाह बन्धनमा बाँधिएकी उनले दशैंअघि श्रीमानसँगका तस्विरहरु सामाजिक सञ्जालबाट हटाएपछि उनीहरुको सम्बन्ध विग्रिएको चर्चा यतिबेला चरमचुलीमा छ । यो विषयमा वर्षा मौन बस्नुले बजारमा चलेको चर्चालाई थप मलजल मिलेको छ ।
विवाहको एक हप्तापछि उनका श्रीमान् अमेरिका उडेका थिए । त्यसको दुई÷तीन महिनामा वर्षा पनि अमेरिका गइन् । केही हप्ता उता बसेपछि नेपाल आएकी उनको अहिले इन्टाग्राममा विवाहको क्रममा श्रीमानसँग खिचिएका तस्विरहरुको नामनिशाना छैन । फेसबुक पेजमा भने केही थान विवाहका तस्विरहरु छन् । नेपाल फर्किएपछि उनले श्रीमानलाई सम्झँदै स्टोरी पनि हालेकी छैनन् । मिडियामा वैवाहिक सम्बन्ध विग्रिएको खबर छ्यापछ्याप्ती हुँदा पनि मौन बसेकी वर्षाले बिहीवार फेसबुकमा एक तस्विर पोष्ट गर्दै क्याप्सनमा लेखेकी छन्, ‘मौन बसे घमण्ड, केही बोले बहस ।’ आफ्नो बारेमा आउने कुनै कुरामा मौन बस्दा घमण्डीको ट्याग लाग्ने र केही बोले बहस हुने गरेको उनको आशय छ । कतै उनलाई वैवाहिक सम्बन्धको बारेमा बोले बहस हुने डर लागेको त होइन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *