सिन्धुपाल्चोक १ का एमाले उम्मेदवार नेपाल गल्ती स्वीकारे

काठमाडौं, २ मंसिर । सिन्धुपाल्चोक १ बाट प्रत्यक्षतर्फका उम्मेदवार बनेका एमाले नेता सरेश नेपालले पार्टीभित्र आफूबाट भएका गल्तिका सूचि सार्वजनिक नगरिदिन अनुनय गरेका छन् ।

उनले जिल्ला पार्टीको विभिन्न तहमा रहँदा पटक पटक अन्तरघात र पार्टी पंक्तिमा ठूलो क्षती पुग्ने काम गरेको स्वीकार्दै आफ्नै पार्टीका नेताहरुको चरित्रहत्या र सुराकी गरेको विषय बाहिर नलगिदिन भनेका हुन् । नेपालको औंठाछाप र हस्ताक्षर भएको काजगातमा आफ्नै कुविचार र कुबुद्धिले पार्टीमा ठूलो क्षती पुगेको, पार्टी भित्र र बाहिरका व्यक्तिहरुको चरित्रहत्या भएको, आपत्तिजनक, भ्रामक र कपोकल्पित कुराहरु बाहिर ल्याई मानसिक यातना दिने काम हुन पूगेको भनेका छन् ।

 

आफ्नै पार्टीका अग्रज नेतृत्व, कार्यकर्ता, कर्मचारी, व्यापारी अन्य दलका नेता कार्यकर्ता विरुद्ध सुराकी गरेको, अत्यन्तै आपत्तीजनक भ्रामक र कपोकल्पित समाचार प्रचार प्रसार गरेर चरित्रहत्या गरेको माफी पत्रमा उनको स्वीकारोक्ति छ ।
पार्टीलाई बुझाएको गोप्य पत्रमा नामै तोकेर पार्टीका नेता कार्यकर्तालाई चरित्र हत्या, दुख र मानसिक यातना दिएको स्वीकार गरिएको छ ।

 

कागजपत्रमा कांग्रेस नेता मोहन बहादुर बस्नेत र राप्रपा नेता पशुपति सम्शेर राणाको नाम पनि जोडिएको छ । नेताहरुलाई सिन्धुपाल्चोकबाट समाप्त गर्ने गतिविधि सञ्चालन गरेको, पार्टीको

विभिन्न नेताहरु र कार्यकताहरुलाई अनावश्यक दोष लगायएका विषय गोप्य पत्रमा उल्लेख छन् ।

पार्टीमा अन्तरघात छानविन गर्न बनेको समितिको प्रतिवेदनमा पनि उम्मेदवार नेपाललाई पार्टीका नेता हराउने प्रमुख जिम्मेवार ठहर गरिएको छ । आफ्ना उम्मेदवार विरुद्ध भोट नहाल्न आव्हान गरेको, उम्मेदवारसँग कार्यक्रममा जान अस्वीकार गरेकोलगाय

 

तका निष्कर्ष निकाल्दै लिखित आत्माआलोचना गराउन भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *