बिशेष रक्तदान कार्यक्रमको आयोजना

काठमाण्डौ, १२ असोज । अष्टचन्द्र स्मृति प्रतिष्ठानद्वारा १५औं अष्ट चन्द्र स्मृति दिवसको पुण्य तिथिमा आज एक बिशेष रक्तदान कार्यक्रमको आयोजना गरि स्थानीय ईगस्मुगस् टोल,थसि,वडा नम्बर ६,महालक्ष्मी नगरपालिका,ललितपुरमा सम्पन्न गरिएको छ ।
महालक्ष्मी नगरपालिका वडा नम्बर ६,का वडाध्यक्ष धर्म महर्जनको प्रमुख आतिथ्यतामा आयोजित उक्त बिशेष रक्तदान कार्यक्रममा देशकै सर्वाधिक रक्तदाता श्री प्रेमसागर कर्माचार्यलाई सम्मान पत्र प्रदान गरि सर्वजनिकरूपमा अभिनन्दन गरिएको थियो ।

नेपाल स्वयंसेवी रक्तदाता समाज,महालक्ष्मी नगरपालिका वडा नम्बर ६ नगर समितिका अध्यक्ष दशबहादुर महर्जन अतिथि रहनुभएको सो कार्यक्रमका सभापति अष्ट चन्द्र स्मृति प्रतिष्ठानका अध्यक्ष बुध्दि बहादुर महर्जन हुनुहुन्थ्यो । महेन्द्र महर्जनद्वारा संयोजन गरिएको उक्त बिशेष रक्तदान कार्यक्रममा महिला तथा पुरूष गरि ३३ स्वयंसेवी रक्तदाताहरूले स्वयंसेवी तवरले रक्तदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *