अभिनेत्री अदिती फिल्म ‘बाबरी’बाट पुनरागमन गर्दै

काठमाण्डौ, १२ असोज । अभिनेत्री अदिती बुढाथोकी ४ वर्षपछि फिल्म ‘बाबरी’बाट ठूलो पर्दामा पुनरागमन गर्दैछिन् । यसकारण फिल्मलाई दर्शकको ठूलो वर्गमा पु¥याउन एक महिनाभन्दा लामो समयदेखि प्रचारमा खटिएकी छिन् । असोज ५ गतेदेखि सुरु भएको मोफसल टूर असोज ९ गते पोखरामा विट मारेर उनीसँगै डेब्यू ब्वाई धिरज नाडकर काठमाडौं फिर्ता भइसकेका छन् । मोफसल दौडाहाको अन्तिम दिन पर्यटकीय नगरी पोखरामा ‘बाबरी’का तीन प्रमुख कलाकारहरुले विभिन्न कलेजका विद्यार्थीदेखि गोर्खा सैनिक बन्न तालिम लिइरहेका व्यक्तिसम्मलाई प्रत्यक्ष भेट गरे । कलेजहरुमा पुग्दा धिरज मगर र अदिती बुढाथोकीको क्रेज जबर्जस्त देखिएको थियो । उनीहरुसँग सेल्फी खिच्न र अटोग्राफ लिनका लागि युवा–युवतीहरुबीच तछाड–मछाड नै चलेको थियो ।
एक कलेजमा फिल्मको ट्रेलर देखाउँदै तीनजना प्रमुख कलाकारले ‘बाबरी रंग’ र ‘चुलबुल चुलबुल’ गीतमा नृत्य समेत गरे । पोखरा प्रचारको क्रममा धिरज मगरले फिल्म राम्रो बनेकाले एकपटक हेरिदिन आग्रह गरे । त्यस्तै, अदितीले लामो समयपछि फिल्ममा फर्किएकाले खुसीसँगै दर्शकको साथ पाउनेमा विश्वास व्यक्त गरिन् । अर्का धिरजले भने फिल्मलाई लिएर उत्साहित रहेको बताए ।
असोज १४ गतेबाट प्रदर्शनमा आउन लागेको ‘बाबरी’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । फिल्ममा बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दीलिप गुरुङ, डिचेन्ला वान्ग्मो थुङ्गोनलगायतको पनि अभिनय छ । गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीले फिल्मको निर्माण गरेका हुन् । नरेन्द्र मैनालीले फिल्म खिचेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *