सक्रिय कोरोना संक्रमितको संख्या दुई हजार

काठमाडौँ, २७ भदौ । नेपालमा सक्रिय कोरोनासङ्क्रमितको सङ्ख्या दुई हजार तीन सय १६ पुगेको छ । कोरोना भाइरसको सङ्क्रमण आइतबार एक सय चार जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार गरेको नियमित बुलेटिनमा तीन हजार पाँच सय ८७ परीक्षणमध्ये एक सय चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । आइतबार दुई सय एक कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई घर फर्किएका छन् । निको हुने प्रतिशत ९८.६ प्रतिशत रहेको छ । आइतबार कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको निधन भएको छ । अहिलेसम्म सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या १२ हजार १४ पुगेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र दुई सयभन्दा बढी सङ्क्रमित भएको जिल्ला ललितपुर र चितवन रहेका छन् । सङ्क्रमित शून्य भएका जिल्ला मनाङ, मुस्ताङ, जाजरकोट, हुम्ला, डोल्पा, जुम्ला, मुगु, बझाङ र दार्चुला रहेका छन् । होम आइसोलेशनमा दुई हजार दुई सय ३६, संस्थागत आइसोलेशनमा ८०, सघन उपचार कक्षमा १४ र भेन्टिलेटरमा एक जनाको उपचार भइरहेको छ । आइतबार कोरोना भाइरस विरुद्धको खोप आठ हजार चार सय १२ जनाले खोप लगाएका छन् ।

 

Leave a Reply

Your email address will not be published.