नेपाल स्वयंसेवी रक्तदाता समाजको पहलमा २ स्थानमा रक्तदान


काठमाडाँै, २७ भदौ । नेपाल स्वयंसेवी रक्तदाता समाजको पहलमा २ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । हाल देशमा डेङ्गु रोगको प्रकोपले गर्दा उपचारका क्रममा रगत र रगतबाट तयार पारिएका रक्त–तत्वहरूको आपूर्तिमा परेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्दै पीडित पक्षलाई रगत र रगतबाट तयार पारिएका रक्त–तत्वहरूको उपलब्धतामा सहजता मिल्न सकोस् भनि नेपाल स्वयंसेवी रक्तदाता समाज केन्द्रीय कार्यालयद्वारा रक्तदान गर्न÷गराउनको निमित्त देशभर गरिएको आह्वानलाई सार्थक तुल्याउँदै बिगत दुई दशकदेखि संयुक्तरूपमा आयोजना गरिंदै आइरहेको रक्तदान कार्यक्रम यसपटक पनि शनिबार एक समारोह बीच आइन्स्टाइन एकेडेमीको प्राङ्गणमा ललितपुर महानगरपालिका वडा नम्बर १४का वडाध्यक्ष अमृत जङ्ग महतको प्रमुख आतिथ्यता र नेपाल स्वयंसेवी रक्तदाता समाजको केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यको बिशेष आतिथ्यता सम्पन्न भएको छ । जसमा मानबहादुर बुढामगर,कविराज राई,गुप्त बहादुर रानामगर,कुल प्रसाद गुरूङ्ग,महेश गुरागाँई,डा. गोबिन्द प्रसाद थापा,जालपी राना,हेमा पुन र बिष्णुप्रसाद तिमलसिना अतिथिहरू थिए । विष्णुमाया खड्काको सभापतित्वमा आयोजित सो कार्यक्रमको सञ्चालन वास्ना भण्डारीले गरेका थिए । नवराज सञ्जेलको स्वागतमन्तब्यबाट शुरू भएको उक्त कार्यक्रममा जम्मा २४ले रक्तदान गरेका थिए ।
त्यसैगरी काठमाडौं महानगरपालिका मैतिदेवीमा नेपाल स्वयंसेवी रक्तदाता समाज,३० वडा नगर समितिद्वारा शनिबारकै दिनमा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा आकस्मिक रक्तदान कार्यक्रमको आयोजना गरियो ।
प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यद्वारा रक्त संकलन थैली हस्तान्तरण गरि शुभारम्भ गरिएको सो कार्यक्रममा स्थानीय समाजसेवी जीवनलाल श्रेष्ठ अतिथि रहेका थिए । नेपाल स्वयंसेवी रक्तदाता समाज ३० वडा नगर समितिका अध्यक्ष श्याम मुनिकारको सभापतित्वमा सञ्चालित उक्त आकस्मिक रक्तदान कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा २९ जनाले स्वयंसेवी तवरले रक्तदान गरेका थिए ।
सहभागी रक्तदाताहरूलाई प्रमाण–पत्र नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले प्रदान गरेका थिए ।
नेपाल स्वयंसेवी रक्तदाता समाज ३० वडा नगर समितिका सचिव एवं अल्वर्ट इङ्गलिस सेकेण्डरी बोर्डिङ्ग बिद्यालयका प्रधानाध्यापिका सुचिता अधिकारीको पूर्ण संयोजनमा आयोजित सो आकस्मिक रक्तदान कार्यक्रमको सञ्चालन नेपाल स्वयंसेवी रक्तदाता समाज ३० वडा नगर समितिका सदस्य युनिश कार्की(किरण)ले गरेको सो आकस्मिक रक्तदान कार्यक्रम बिहान १० बजेदेखि २ बजेसम्म सञ्चालन गरिएको थियो ।
यस्तै,वयंसेवी रक्तदाताहरूलाई संगठित पार्दै सेवा प्रदान गर्दै आइरहेको नेपाल स्वयंसेवी रक्तदाता समाजको बिधान सम्मत आयोजित भेलाले गठन गरिएको नेपाल स्वयंसेवी रक्तदाता समाज त्रिभुवन शिक्षण अस्पताल एकाई समितिको शपथ–ग्रहण कार्यक्रम शनिबार एक समारोह बीच स्काई ल्याण्ड पार्टी भेन्यू धुम्बाराही चक्रपथमा सम्पन्न भएको छ ।
सर्वसम्मत चयन हुनुहुने सबैलाई कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य सेवा बिभाग नेपाल रेडक्रस सोसाइटीकी पूर्वनिर्देशक डा. मनिता राजकर्णिकारले प्रमाण–पत्र प्रदान गरेका थिए भने नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यद्वारा नव गठित समितिका पदाधिकारी तथा सदस्य महानुभावहरूलाई अनुसुचि – ३(परिच्छेद – सात,दफा –४ संग सम्बन्धित) रहि शपथ–ग्रहण गराई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published.