नवौँै राष्ट्रिय खेलमा सुदूरपश्चिम र नेपाल पुलिस क्लब विजयी

काठमाडाँै, २७ भदौ । नवौँै राष्ट्रिय खेल प्रतियोगितामा सुदूरपश्चिम र नेपाल पुलिस क्लब विजयी भएका छन । राजधानीमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट खेलमा सुदूरपश्चिम प्रदेशले प्रदेश नं १ लाई पराजित गर्दै पहिलो जीत दर्ता गराएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा सुदूरपश्चिमले प्रदेश नं १ लाई १३ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । सुदूरपश्चिमले प्रदेश १ लाई जीतका लागि एक सय ४५ रनको लक्ष्य दिएको थियो । जवाफमा प्रदेश १ निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ३१ रनमा समेटियो ।
प्रदेश १ का लागि दिपेश कँडेलले अविजित ३४ रन बनाए भने कप्तान फिर्दोस अन्सारीले ३३ रनको योगदान दिए । सोनु मण्डलले अविजित २६ रन बनाउदा सन्दीप ढुङ्गानाले १३ रन बनाए ।
बलिङतर्फ सुदूरपश्चिमका मिलन बोहोराले दुई तथा हेमन्त धामी, नारायण जोशी, नरेन साउद, शेर मल्ल र लोकेन्द्र चन्दले समान १÷१ विकेट लिए ।त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ४४ रन बनाएको थियो । सुदूरपश्चिमका लागि वसन्त खत्रीले ५३ रनको योगदान दिए भने मिलन बोहोराले ४४ तथा लोकेन्द्र चन्दले २४ रन बनाए ।
प्रदेश १ का कप्तान फिर्दोस अन्सारीले तीन विकेट लिँदा दिपेश कँडेलले दुई विकेट लिए । यस जीतसँगै सुदूरपश्चिमले तीन खेलमा चार अङ्क जोडेको छ । पराजित प्रदेश १ को भने तीन खेलबाट दुई अङ्क रहेको छ । प्रतियोगितामा तीन विभागीय टोली, सात प्रदेश र एनआरएनको टोली गरी ११ टोलीको सहभागिता रहेको छ ।
यसैगरी, ओपनर सुनिल धमलाको आक्रामक ब्याटिङमा नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशमाथि ९ विकेटको सहज जित हात पारेको छ । यसअघि वर्षाको कारण अंक बाँडेको पुलिसको पहिलो जित हो । जितको लागि ८६ रनको सामान्य विजयी लक्ष्य पुलिसले १०.४ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । पुलिसका ओपनर सुनिल धमलाले २४ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४४ रनमा आउट भए । अर्का ओपनर कुशल भुर्तेल ४० बलमा ५ चौका र १ छक्कासहित ३९ रनमा अविजित रहे ।
धमला आक्रामक रुपमा प्रस्तुत भए । दोस्रो ओभरमा धमलाले तीव्र गतिका बलर अनुज चनारालाई चौथो र पाँचौं बलमा लगातार चौका हाने । अन्तिम बलमा छक्का हानेका थिए । चौथो ओभरमा धमलाले कर्णालीका कप्तान रविन्द्रजंग शाहीलाई दुई चौका र एक छक्का हानेका थिए । जुन समय धमला १० बलमा २९ रन र कुशल भुर्तेल १५ बलमा १८ रनमा अविजित थिए ।
पहिलो विकेटका लागि धमला र भुर्तेलले १० ओभरमा ८१ रनको साझेदारी गरेका थिए । धमला तीव्र गतिका बलर प्रकाश जैशीको दशौं ओभरको अन्तिम बलमा एज लागेर विकेटकिपर विपिन रावलबाट क्याच आउट भए । धमला जितको लागि ५ रन चाहिँएको अवस्थामा आउट हुन पुगेका थिए । कर्णालीका प्रकाश जैशीले ३ ओभरमा २० रन खर्चेर १ विकेट लिए ।त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको कर्णाली १९.३ ओभरमा ८५ रनमा अल आउट भयो ।कर्णालीका कप्तान रविन्द्रजंग शाहीले ४१ बलमा २ चौकासहित सर्वाधिक २७ रनमा आउट थिए । विपिन रावलले ३३ बलमा १७ रन बनाए । पुलिसको स्पिन आक्रामण सामु कर्णालीका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । पहिलो विकेटका लागि विपिन र रविन्द्रले कर्णालीलाई ९.५ ओभरमा ३८ रनको साझेदारी गरेका थिए । स्पिनर ललितनारायण राजवंशीले विपिनलाई विकेटकिपर दीलिपनाथबाट स्टम्पिङ गराए । त्यसपछि भने कर्णालीले लगातार विकेट गुमायो । अर्जुन घर्ती १, सुबोध ऐर ९, दीनेश अधिकारी ५, प्रकाश जैशी ३, निश्चिल रावल ५ र मोहन वि.क ९ रन बनाए । चोटपछि फर्किका ललितले राजवंशीले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । सागर ढकालले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ३.३ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । मन्जित श्रेष्ठले ३ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । पुलिसले सोमबार टियु मैदानमा लुम्बिनी प्रदेशसँग खेल्नेछ । कर्णालीले मंगलबार मधेश प्रदेशसँग टियुमानै खेल्नेछ । पुलिसले वर्षाको कारण मधेश प्रदेशसँग भने वर्षाको कारण अंक बाँडेको थियो । कर्णालीले वर्षाको कारण लुम्बिनी र त्रिभुवन आर्मी क्लबसँग अंक बाँडेको थियो ।
टियुको पहिलो खेलमा भने सुदूरपश्चिम प्रदेशले प्रदेश एकलाई १३ रनले हराएको थियो । उता मुलपानीमा भने आजका बागमती र एनआरएनए नेपाल तथा दोस्रो खेलमा गण्डकी र लुम्बिनीबीचको खेल वर्षाको कारण हुन सकेन ।
यस्तै, बागमती प्रदेशका अफताब अली र बागमतीकै प्रिन्स देउलाले राष्ट्रव्यापी पुरुष÷महिला तौलसमूह ‘फुल कन्ट्याक्ट’ कराते प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आइतबार भएको पुरुष ३५ केजीमुनि फाइनल खेलमा अफताबले बागमतीका रामशरण विकलाई पराजित गरे । त्यस्तै पुरुष ४० केजीमुनिको फाइनल खेलमा प्रिन्सले बागमतीका निरोज दूधराजलाई पराजित गर्दै स्वर्ण जितको हुन ।
पुरुष ४५ केजीमुनि लुम्बिनीका अनमोल माझीले बागमतीका प्रभात स्याङ्तान तथा ५५ केजीमुनि बागमतीका विवेक घिमिरेले बागमतीका रविन तामाङलाई फाइनलमा हराउँदै स्वर्ण जिते । नेपाल आइएफकेके सङ्घद्वारा आयोजित उक्त प्रतियोगिताको विजेता खेलाडीलाई पूर्वसांसद रामकृष्ण चित्रकार, आयोजक संघका अध्यक्ष घनश्याम श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरेका छन ।

Leave a Reply

Your email address will not be published.