निलम्बित प्रधानन्यायाधीश जबराले आफू दोषी नभएको दावी गरे

काठमाडौँ, १७ भदौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफू दोषी नभएको तर सबैले आफूमाथि एक पक्षीयरूपमा आरोप लगाएको बयान दिएका छन । सिंहदरबारमा बसेको महाभियोग सिफारिस समितिको बैठमा बिहीबार दुई वटा प्रश्नमा मात्र छलफल भएको छ । निलम्बित प्रधानन्यायाधीश जबराको बयान नसकिएकाले यही भदौ १९ गते थप बयान हुने तय भएको छ । बुधबारदेखि सुरु भएको बयानमा बिहीबारसम्म कूल ६ वटा प्रश्नमा मात्र सवाल÷जवाफ भएको छ । कूल प्रश्न ४३ वटा रहेका छन् । त्यसमध्ये बुधबार चार प्रश्नमा सवाल÷जवाफ भएको थियो । बयानपछि समितिका सदस्य मीन विश्वकर्माले बिहीबारको पाँचौँ र छैटौँ प्रश्न अलि लामो र व्याख्यात्मक भएकाले समय लागेको जानकारी दिए । प्रश्नहरु पनि लामै थिए, प्रधानन्यायाधीशको जवाफ पनि लामो नै रह्यो, प्रश्न, प्रतिप्रश्न हुने क्रम भइरह्यो, उनले भने, राणालाई न्यायसम्पादन गर्न नसकेको, भ्रष्टाचारमा मुछिएको, शक्ति सन्तुलन कायम गर्न नसकेको र न्यायसम्पादनको प्रक्रियामा भ्रष्टाचार केन्द्रित प्रश्न सोधिएको थियो । बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश राणाले महाभियोग सिफारिस समिति तथा सांसदमाथि नै निष्पक्षताको प्रश्न उठाएको समितिका सदस्य रेखा शर्माले जानकारी दिइन । उनले राणाको भनाइ उद्धृत गर्दै भने, आफूविरूद्ध महाभियोग प्रस्ताव गर्ने सांसद नै समितिमा रहेका छन्, यस्तो भएपछि कसरी निष्पक्षता हुन्छ ? ६ महिनाभन्दा बढीदेखि निलम्बनको अवस्थामा रहेका राणाको महाअभियोग प्रमाणित हुने वा नहुने विषयले तीन महिनामै निष्कर्ष आउनुपर्ने भए पनि लामो समयपछि समितिमा छलफल प्रारम्भ भएको छ ।उक्त समितिको यही भदौ ८ गते बसेको बैठकले उनलाई बयानका लागि बोलाउने निर्णय गरेको थियो । राणाविरुद्ध गत फागुन १ मा प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए । संसद्ले महाभियोग सिफारिस समिति गठन गरे पनि यही भदौ १ गते मात्र समितिको पहिलो बैठक बसेको थियोे । राणाविरूद्ध नेपाल बार एशोसिएशन र सर्वोच्च बार एशोसिएशनले महाअभियोग पुष्टि गर्न ३४ बुँदे पत्र समितिलाई बुझाएको थियोे । उक्त पत्रमा महाअभियोग लगाउने आधार र कारणसमेत समेटिएको छ ।समितिले निलम्बनमा पर्नुभएका प्रधानन्यायाधीशलाई प्रश्नहरू सोध्ने र राणाले प्रश्नको जवाफ दिने क्रम अब भदौ १९ गते हुनेछ ।

 

Leave a Reply

Your email address will not be published.