आम स्वयंसेवी रक्तदाताहरूमा रक्तदान गर्न अनुरोध


काठमाडौँ, १७ भदौ । आम स्वयंसेवी रक्तदाताहरूमा रक्तदान गरिदिनु हुन नेपाल स्वयंसेवी रक्तदाता समाजले हार्दिक अनुरोध गरेको छ । बिहीबार एक प्रेस विज्ञप्ति निकालेर समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यले रक्तदान गर्न अनुरोध गरेका हुन । अध्यक्ष कर्माचार्यद्वारा जारी विज्ञप्तिमा हाल देशभित्र व्याप्त डेङ्गु रोगको प्रकोप बढ्दै गईरहेको वर्तमान अवस्था सर्वत्र जगजाहेर नै छ । तसर्थ अस्पतालहरूमा उपचारार्थ रहनुभएका बिरामीहरूलाई अत्यधिक मात्रामा रगतबाट तयार पारिको रक्त–तत्वहरू मध्ये पि.आर.पि.(एच्ए)को माग दिनानुदिन बढ्दै गइरहेको अवस्था रहेको बताइएको छ ।
डेङ्गु रोगकोे उपचारका क्रममा माग गरिने रक्त–तत्वहरूको आपूर्तिमा सहज र सरलता मिल्नको लागि आम स्वयंसेवी रक्तदाताहरूमा रक्तदान गरिदिनु हुन र रक्तदान कार्यक्रम आयोजक संघ÷संस्थाहरूलाई रक्तदान कार्यक्रमहरूको आयोजना गरिदिनु हुन पनि नेपाल स्वयंसेवी रक्तदाता समाज हार्दिक अनुरोध गर्दछ ।
साथसाथै आफ्नो घरआागन टोल छरछिमेकमा सरसफाइको लागि बिशेष ध्यान पुय्राउनु हुन समेत आग्रह गर्दछौं । अझ बढी डेङ्गु रोग फैलाउने लामखुट्टे का लार्भाहरूको बिकास हुने स्थान भनेकै कुनैपनि पानी जम्ने ठाउँमा हुनसक्ने भएकोले त्यस्ता ठाउँहरूको पहिचान गरि निर्मूल पार्नु हुन पनि अनुरोध गर्दछौं । यदि कसैमा डेङ्गु रोगका लक्षण देखिएमा तुरुन्त चिकित्सकसंग सम्पर्क गर्नुभई स्वास्थ्य लाभ गर्नुहुन समेत अनुरोध गर्दछौं ।

Leave a Reply

Your email address will not be published.