फेरि उम्मेदवार नबनाउने एमालेको निर्णय

काठमाडौँ, १२ भदौ । नेकपा (एमाले)ले समानुपातिका सांसदहरूलाई फेरि समानुपातिकमा नराख्ने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा शनिबार भएको केन्द्रीय कमिटी बैठकले समानुपातिक तर्फबाट प्रतिनिधि सभामा रहेका सांसदहरूलाई पुनः समानुपातिकमा नदोहो¥याउने निर्णय गरेको हो । बैठकले ‘स्थानीय तहमा उम्मेदवार बनेकाहरूलाई पनि उम्मेदवार नबनाउने निर्णय गरेका छ । बैठकले वाम गठबन्धनका लागि बाटो पनि खुला राख्ने निर्णय भएको छ ।

एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफलबाट निस्केको निष्कर्षको प्रस्तुति सुरु भइरहेको बताए ।
बैठकमा प्रतिवेदनमाथि समूहगत छलफल गर्न दशवटा समूह बनाइएको थियो । अहिले समूहका नेताहरूको प्रतिवेदनमाथि समूहगत निष्कर्ष भइरहेको छ । समूहगत छलफलका लागि प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेशसहित सम्पर्क समन्वय, उपत्यका विशेष, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, जनसङ्गठन तथा प्रवास र केन्द्रीय विभागमा विभाजन गरिएको छ । समूहगत छलफलपछि आएको सुझावको आधारमा आजै अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन पारित गरेर बैठक सकिने उपप्रमुख रिजालले जानकारी दिए ।
नेकपा (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर निर्वाचनमा जाने निर्णय गरेको छ । एमालेको शनिबार बसेको केन्द्रीय कमिटीको बैठकले पार्टी अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको रुपमा अघि बढाउने निर्णय गरेको एमाले संसदीय दलका प्रमुख सचेतक एवम् पोलिटब्युरो सदस्य विशाल भट्टराईले बताएका छन ।

 

Leave a Reply

Your email address will not be published.