नेपाल स्वयंसेवी रक्तदाता समाजलाई आर्थिक सहयाेग संकलन

काठमाडौं, १२ भदौ  । संस्कृतिले मानव जीवनकाे संस्कारलाई टेवा दिईरहेकाे हुन्छ । संस्कृति भित्र लुकेका विकृतिलाई समयसापेक्ष  चिन्दै,बुझ्दै र मनन् गर्दै किनारा लगाउन पनि हामी ढिला/पछि गर्नु/पर्नु हुँदैन । तसर्थ सामाजिक प्राणी भएकै कारणले समाजिक कर्मकाण्ड हामीबाट टाढा राख्न पनि सकेका छैनाैं । यसै सिलसिलामा आज बुवाकाे मुख हेर्ने(कुशे अाैंशी) काे उपलक्षमा सम्पूर्ण जनमा हार्दिक बधाई एवं शुभकामना ब्यक्त गर्दै आशिर्वाद लिन चाहन्छाै ।
साँस्कृतिक महत्त्वलाई मनन् तथा आत्मसात् गर्दै घरघरमा आफूलाई जन्म दिनुहुने बुवाबाट वार्षिक नित्य कर्म स्वरूप भाैतिक रूपमा आशिर्वाद प्राप्त गर्नुहुनेहरू सबैमा सुस्वास्थ्य एवं दिर्घायुकाे कामना समेत व्यक्त गर्दछाैं ।
यसै सन्दर्भमा सनातनदेखि चल्दै अाएकाे संस्कारलाई स्विकार्दै केहि समाजसेवामा समर्पित ब्यक्तिहरूबाट रक्तदानकाे क्षेत्रमा उत्प्रेरणा जगाउन सानै भएपनि सहयोग सिध्द हुने छ भनि आर्थिक सहयोग उपलब्ध गराउन चाहन्छाै भन्दै नेपाल स्वयंसेवी रक्तदाता समाजका आजीवन सदस्य महेशकुमार श्रेष्ठले हामीलाई अनुराेध गर्नुभएको थियो ।
साेहि सिलसिलामा  “बुवाकाे मुख हेर्ने(कुशेअाैंशी) काे उपलक्ष्यमा हामीले नेतृत्व एवं सेवा प्रदान गरिरहेकाे “नेपाल स्वयंसेवी रक्तदाता समाज”काे आगामी कार्यक्रमहरूमा केहि भएपनि सहयोग हुनेछ भनि  तपशिलमा उल्लेखित दाताहरूबाट निम्न आर्थिक सहयाेग संकलन गरि उपलब्ध गराएका छाैं ।
सहयोग प्रदान गर्नुहुने दाताहरू :
दिव्यमणि दीक्षित रू. २०००/-
कञ्चन वाग्ले आचाजु रू. २०००/-
दशबहादुर महर्जन रू. – २०००/-
जीतेन्द्र महर्जन रू. २०००/-
महेश कुमार श्रेष्ठ रू. २०००/-
जेशिस खड्गी रू. २०००/-
उदय ध्वँजु रू. २०००/-
बिजय कुमार महर्जन रू. १००१/-
बैकुण्ठ ढुङ्गाना रू. १०००/-
कृष्णकाजी बाडे रू. १०००/-
पुरूषाेतम श्रेष्ठ रू. १०००/-
उदय बहादुर श्रेष्ठ रू. १०००/-
सुबर्ण खड्गी रू. १०००/-
प्रेमरत्न बज्राचार्य रू. २००/-
यसरी “रक्त व्यवस्थापनमा सबैको सहभागीता” भन्ने मूल नारालाई व्यवहारिक रूपमा सार्थक तुल्याउन याेगदान पुय्राउनु हुने सम्पूर्ण महानुभावहरूका साथै तपाईं महेश कुमार श्रेष्ठ समेतलाई हार्दिक धन्यवाद एवं शुभकामना व्यक्त गर्दछाैं । साथै याे रकम नेपाल स्वयंसेवी रक्तदाता समाज(Nepal Voluntary Blood Donors’ Society)काे खाता नम्बर ३०१११०००००९३१रिलायन्स फाइनान्स लिमिटेडमा दाखिला गरिदिनु हुन अनुराेध गर्दछु ।

Leave a Reply

Your email address will not be published.