अभिनेत्री करिश्माविरुद्ध साइबर उजुरी दिने निर्णय

 

काठमाडौं, १२ भदौ । अभिनेत्री करिश्मा मानन्धरविरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिने निर्णय महोत्तरीकी निहारिका राजपुतले गरेकी छन् । आफ्ना नीजि तस्विरहरु अनुमति बिना सामाजिक सञ्जालमा पोस्ट गरेको भन्दै उनले करिश्माविरुद्ध उजुरी दिन लागेकी हुन् । गत महिना करिश्माले निहारिकाको एक युवकसित अन्तरंग सम्बन्ध झल्किने केही तस्विरहरु फेसबुकमा सार्वजनिक गरेकी थिइन् ।
निहारिका राजपुत बसन्तपुरमा अनसन बसेको समयमा करिश्माले उनी र उनको छोरालाई आफूसँग राख्ने इच्छा व्यक्त गर्दै छोरा लिएर आफ्नो घरमा आउन आग्रह गरेकी थिइन् । उनले फेसबुकमा लेखेकी थिइन्, ‘मेरो भाई बिनोदजीको म्यानेजर कमल चौधरीले सहयोग गर्नुभयो तिमीसम्म पुग्न । मेरो एउटा छोरी थियो, तिमी भयो भने दुईटा हुन्छ । बच्चा लिएर घर आऊ । म छु ।’
तर, केही दिनमै उनले निहारिकाको एक युवकसित अन्तरंग सम्बन्ध झल्किने तस्विरहरु फेसबुकमा पोस्ट गरिन् । उनले घटनाको प्रकृति नै थाहा नपाई आफू सहयोग गर्न अघि सरेकोमा सबैसँग माफी मागेकी थिइन् । करिश्माले निहारिका राजपुतलाई आफ्नो आमा बुवासँग माफी माग्न सल्लाह दिँदै बच्चा र आफ्नो जीवनलाई असर हुने गरी अगाडि नबढ्न समेत सल्लाह दिएकी थिइन् ।
जनकपुरका शिवराज श्रेष्ठले ललाइफकाई बन्धक बनाएर बलात्कार गरेको र बलात्कारपछि बच्चा जन्मिएकाले दोषीलाई कारवाही र बच्चाको डिएनए परिक्षणको काम गर्दै निहारिक लामो समयदेखि अनसनरत थिइन् । गत असार ३१ गते शिवराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरिसकेको छ भने उच्च अदालत जनकपुरले बच्चा र आरोपी श्रेष्ठको डीएनए टेष्टका लागि आदेश दिइसकेको छ ।

Leave a Reply

Your email address will not be published.