काठमाडौं महानगरपालिकामा रक्तदान कार्यक्रमकाे आयोजना

श्रावण ३१,काठमाडौं ।  नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं  सर्वाधिक स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यकाे विशेष उपस्थितिमा अराधन कम्प्लेक्स् बागबजार २८ वडा काठमाडौं महानगरपालिकामा रक्तदान कार्यक्रमकाे आयोजना गरि सम्पन्न गरिएकाे छ ।
नेपाल स्वयंसेवी रक्तदाता समाजकाे आह्वानलाई सार्थक सिध्द गर्दै रक्तदान कार्यक्रमलाई सामाजिक उत्तरदायित्व अन्तर्गत याे कार्यक्रमकाे अायाेजान गरिएको संघका जिल्ला अध्यक्ष तथा कार्यक्रमका सभापति चन्द्र रणपहेलीले बताउनु भएकाे साे कार्यक्रममा प्रमुख अतिथि संघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठ,बिशेष अतिथि नेपाल कपडा तथा सिलाई ब्यवसायी महासंघ बागमती प्रदेशका सचिव तथा केन्द्रीय सदस्य राज कार्की रहनु भएको थियो ।
काेभिडकाे बढ्दाे ग्राफलाई मध्ये नजर गर्दै बिरामीको उपचारमा सहजता मिलाेस् भनि रक्तदान कार्यक्रमकाे अायाेजना गर्न/गराउन नेपाल स्वयंसेवी रक्तदाता समाजकले देशभर अभियान सञ्चालन गर्दै अाइरहेकाेमा अाज याे संघले पनि रक्तदान कार्यक्रमकाे आयोजना गरिएकाेमा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यले धन्यवाद तथा कार्यक्रमकाे पूर्ण सफलताकाे ब्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा ५७ जना स्वयंसेवी रक्तदाताहरूले रक्तदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.