किम्हे बुसानमा ए मेरो हजुर ४ प्रदर्शन हुने

काठमाडौँ, २३ साउन । स्याङ्जा परिवार किम्हे बुसान साखाले आउँदो अगष्ट १४ मा कोरियाको दोस्रो ठुलो शहर किम्हे÷बुसानमा नेपालमा भब्य सफल प्रदर्शन भएको चलचित्र “ए मेरो हजुर ४“ प्रदर्शन गर्ने भएको छ । यस चलचित्र प्रदर्शन गर्नु को उदेश्य स्याङ्जा जिल्लामा रहेको एक मात्र बालगृहलाई सहयोग गर्नु रहेको छ ।
अमोर सेवा नेपाल द्वारा संचालीत यस बालगृह स्याङ्जाको फेदिखोलामा संचलानमा रहेको छ । यसै बालगृहको लागि भवन निर्माणमा सहयोग गर्ने मुल उदेश्यका साथ यस चलचित्र प्रदर्शन गर्न लागिएको भनेर स्याङ्जा परिवार किम्हे÷बुसान साखाका अध्यक्ष कमल अर्यालले बताएका छन । सम्पुर्ण नेपाली चलचित्र प्रेमी दाजुभाई दिदिबहिनीहरुलाई मनोरञ्जन साथै समाज सेवामा हातेमालोका लागी उपस्थित जनाईदिनुहुन हार्दिक निमन्त्रणा पनि गरेका छन ।

Leave a Reply

Your email address will not be published.