स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई सम्मान-पत्र प्रदान


काठमाडौं, ११ साउन । त्रिभुवन विश्वबिद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. दिनेश काफ्लेज्यूकाे प्रमुख आतिथ्यतामा नेपाल स्वयंसेवी रक्तदाता समाज त्रिभुवन विश्वबिद्यालय शिक्षण अस्पताल एकाई गठनार्थ एक भेलाकाे आयाेजना गरियाे ।
त्रिभुवन विश्वबिद्यालय शिक्षण अस्पताल मनमाेहन कार्डियाेथाेरासिसका बिभागीय प्रमुख प्रा.डा. भगवान काेईराला,डा. अनिल भट्टराई,डा. मनिता राजकर्णिकार,दिव्य पाैडेल,नेपाल स्वयंसेवी रक्तदाता समाज महालक्ष्मी नगर समिति ललितपुरका अध्यक्ष बिजय कुमार महर्जन,तारकेश्वर नगर समितिका अध्यक्ष राधेश्याम फुयाफ,काठमाडौं महानगरपालिका १३ वडा नगर समितिका अध्यक्ष निरू महर्जन,२० वडा नगर समितिका सचिव राजेश मानन्धर अतिथि रहनु भएको उक्त भेलामा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्य बिशेष अतिथि रहनु भएको थियोे ।
कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वबिद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. दिनेश काफ्लेज्यूले कार्यक्रमका बिशेष अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई सम्मान-पत्र प्रदान गरि त्रिभुवन विश्वबिद्यालय शिक्षण अस्पतालकाे तर्फबाट सम्मान जाहेर गर्नुभएको थियोे । प्रताप शाहीकाे सभापतित्वमा सञ्चालन गरिएको साे भेलाले प्रताप शाहीकै अध्यक्षतामा नेपाल स्वयंसेवी रक्तदाता समाज त्रिभुवन विश्वबिद्यालय शिक्षण अस्पताल एकाई गठन गरिएको छ । जसमा उपध्यक्ष बद्रि नारायण शाह,सचिवमा राजन लामिछाने, काेषाध्यक्षमा कबिना बज्राचार्य,सदस्यहरूमा क्रमशः डा. पुष्पराज भाम,परशुराम पन्त,रूद्र भण्डारी,अर्चना गुरूङ्ग र अञ्जु थपलिया रहनु भएको छ । साे कार्यक्रमकाे सञ्चालन कबिना बज्राचार्यले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *